Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विश्वविद्यालयका २ सय ५० कार्यालय ध्वस्त

आइतबार, १७ जेठ २०७२

काठमाडौं १७ जेठ /भूकम्पको धक्काले देशभरका सात विश्वविद्यालयका करिब २ सय ५० भन्दा बढी कार्यालय र क्याम्पस ध्वस्त भएका छन् ।  वैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको भौतिक सम्पति क्षतिग्रस्त भएको छ । 

त्रिवि मुख्यालयसहित अधिकांश डीन कार्यालय क्षतिग्रस्त भएका छन् । विश्वविद्यालय अनुदान आयोगको तथ्याङक अनुसार उपकुलपति कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, सेवा आयोग, विज्ञान, शिक्षा, व्यवस्थापन, मानविकी संकायका डीनको कार्यालय, शिक्षक अस्पताल रहेको कार्यालयको भवन क्षति भएका छन् । 

भूकम्पबाट त्रिवि परीक्षा नियन्त्रण कार्यालयको मात्रै करिब ४ करोड रुपैया बराबरको क्षति भएको छ । आयोगका अनुसार त्रिविको करिब साढे २ अर्ब रुपैया बराबरको भौतिक सम्पति नष्ट भएको जनाइएको छ । 

भूकम्पबाट संस्कृति विश्वविद्यालयको बसन्तपुरस्थित सम्पर्क कार्यालय, अनुसन्धान विभाग, बालमिकी क्याम्पस, दाङस्थित केन्द्रीय कार्यालयको ४ वटा पुराना भवन लगायत क्षतिग्रस्त भएका छन् । उक्त विश्वविद्यालयको करिब  १३ करोड रुपैया बराबरको क्षति भएको छ । 

आजको नेपाल समाचार पत्र दैनिकमा ईश्वरराज ढकालले यो खबर लेखेका छन् ।  

 

प्रतिक्रिया