Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

९७ प्रतिशत विद्यालय सञ्चालन

सोमबार, १८ जेठ २०७२

काठमाडौं १८ जेठ /दोलखामा पहिलो दिन बजारको तुलनामा गाउ“मा बढी विद्यार्थी उपस्थित भएका छन् । 

सदरमुकाम चरिकोटमा १० प्रतिशत माग विद्यार्थी मात्र आए । ग्रँमिण भेगकमा ३० देखि ७० प्रतिशत उपस्थित भएर पठन पाठन भएको जिल्ला शिक्षा अधिकारी लोबहादुर लोप्चनले बताए । जिरी, हनुमन्ते र कुटिडाडा उच्च माविमा ६० प्रतिशत विद्यार्थी हाजिर भए । 

सदरमुकामस्थित पशुपति कन्या माविमा भने पाच प्रतिशत मात्र विद्यार्थी आएका छन् । 

सदरमुकाममा २७ वटा पक्की घरका कारण बालबालिकालाई विद्यालय जान जोखिम छ । अरु १ सय ५० कच्ची घर पनि जोखिममा छन् । बाटामा धराप बनेर रहेका संरचनाका कारण अभिभावकले विद्यार्थी नपठाएको विद्यालयहरुले जनाएको छ । ३ सय ६३ विद्यँलय मध्ये ९७ प्रतिशत विद्यालय खुलेको कार्यालयले जनाएको छ । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।  

 

प्रतिक्रिया