Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षा मन्त्री खोइ ? विदेशमा

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /शिक्षामन्त्री खोई ? उहा त विदेशमा । शिक्षा मन्त्रालयमा कसैले गएर शिक्षामन्त्री बारे कसैले प्रश्न सोधेमा कर्मचरीको जवाफ हो –‘उहा त विदेशमा ।’ 

उनी कहिले कुन देश हुन्छ थाहा हुदैन । शिक्षा सचिव र कार्यबाहक मन्त्री भएकालाई मात्रै थाहा हुन्छ । वैशाख १२ र २९ मा गएको शक्तिशाली भूकम्पले सबैभन्दा बढी क्षति शिक्षा क्षेत्रमा हुदा पनि उनलाई केही चिन्ता छैन । ‘परिवारसहित विदेश भ्रमण जान पाए मख्ख पर्ने गर्नु भएको छ,’शिक्षा मन्त्रालयका एक उच्च कर्मचारीले भने । उनी केही दिन अघि महिलाको राजनीतिक सम्मेलनमा भाग लिन डेनमार्क गएकी छिन् । एक महिना यता उनको दोस्रो विदेश भ्रमण हो । 

भूकम्पमा शिक्षा क्षेत्रमा पारेको अर्बौ रुपैयाको क्षतिको बिषयमा लबिङ गर्न छाडेर विदेश भ्रमणमा निस्किएपछि मन्त्रालयका कर्मचारीहरु उनको काम प्रति दिक्क भइसकेका छन् । ‘मन्त्री नभएका कारण कतिपय निती निर्माणको काम अलपत्र परेका छन्,’एक कर्मचारीले भने । 

अघिल्लो भ्रमणमा पति श्रीकृष्ण यादवलाई साथमा लगेका थिए । यो भ्रमणमा छोरा अभिनवलाई साथमा लगेकी छिन् । 

आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया