Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

प्रधानाध्यापकद्वारा पत्रकारलाई ज्यान मार्ने धम्की

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /विद्यालय भवनमा लगाएको रातो स्टिकरको तस्बिर सार्वजनिक गरेको भन्दै ललितपुरको चापागाउ  बज्रबाराहीस्थित बज्रबाराही उच्च माविका प्रिन्सिपल रामेश्वर महर्जन सहितको शिक्षक टोलीले राजधानी दैनिकका फोटो पत्रकार अशोक दुलाललाई ज्यान मार्ने र अपहरण गर्ने धम्की दिएका छन् । 

जिल्ला शिक्षा कार्यालय ललितपुरले उक्त विद्यालयको भवन असुरक्षित भन्दै रातो स्टिकर लगाएपछि दुलालले पढन गएका विद्यार्थीको फोटो प्रकाशित गरेका थिए । 

फोटोको बिषयमा कुरा गर्न विद्यालयमा बोलाएर डेढ घण्टा बन्धक बनाएको उनले बताए । विद्यालय बाहिरको मान्छे समेत बोलाई ज्यान मार्ने धक्मी दिएको दुलालले बताए । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

 

प्रतिक्रिया