Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

भुकम्प पीडितलाई प्याब्सनले पढाउने

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /भूकम्पबाट घरबारबिहीन भएका तथा अभिभावक गुमाएका विद्यार्थीलाई निजी विद्यालयले निःशुल्क पढाउने भएका छन् । 

‘भूकम्पबाट घरबार बिहीन भएका र आफन्त गुमाएका विद्यार्थीलाई वैशाख महिनादेखिकै शुल्क मिनाहा गर्ने निर्णय भएको छ,’ अपिनका सदस्य प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने,‘शुल्क मिनाहा गर्न विद्यार्थीले विद्यालयमा निवेदन दिनु पर्ने हुन्छ । उक्त निवेदनको आधारमा सम्बन्धित स्कूलले अनुसन्धान गरेर शुल्क मिनाहा गर्नेछ ।’ 

इसानले पनि भूकम्पपीडित तीन सय जनालाई निःशुल्क पढाउने निर्णय गरेको छ । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया