Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

पोखरा विश्वविद्यालयका चार हजार विद्यार्थी दिक्षित

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /पोखरा विश्वविद्यालयको बाह्रौ दीक्षान्त समोरोहमा बुधबार करिब चार हजार विद्यार्थी दीक्षित भएका छन् । 

लेखनाथ नगरपालिका १२ खुदी ढुङगेपाटनमा रहेको विश्वविद्यालयबाट मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय, निर्माण व्यवस्थापन, प्राकृतिक सम्पदा व्यवस्थापन, वातावरण व्यवस्थापन, कम्प्यूटर इन्जिनियरिङ लगायत विभिन्न संकायका विद्यार्थी दीक्षित भएका हुन् । 

दीक्षान्त समारोहमा विश्वविद्यालयका सहउपकुलपछि महेश आचार्यले विद्यार्थीलाई दीक्षित गरेका थिए । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया