Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विद्यालय तारबारका नाममा अनियमितता

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /दैलेखको विकट मानिने सात्तलामा रहेको लक्ष्मी उमाविमा एउटै योजनामा तेहेरो खर्च गरिएको फेला परेको छ । सो विद्यालयको तारबारका लागि पटक पटक रकम खर्च गरेको पाइएको हो । 

विद्यालयको तारबारमा भारतीय कम्पनि जिएमआरबाट चार लाखबराबरको सामग्री, गाबिसको आब ०७१÷७२ को पुजीगत बजेटबाट चार लाख र जिल्ला शिक्षा कार्यालयबाट दुई लाख ५० हजार गरी १० लाख ५० हजार खर्च गरिएको छ । 

तर, योजनाको प्राविधिक स्टिमेट गरिएको छैन । विद्यालय तारबार गर्न दुई लाख पनि खर्च नभएको स्रोतको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अनियमितताको छानविन गर्न निर्देशन दिएको छ । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया