Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

भानु–संस्कृत भवन बिबाद

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ /मुलुककै जेठो मध्यको विद्यालय दरबार हाइस्कूलको माथिल्ला तलामा भानु माविका कक्षा चल्थे । त्यस्तै तल्लो तलामा संस्कृत माविका कक्षा । भूकम्पले भवन भत्केपछि दुई विद्यालयबीचको विवाद छताछुल्ल भएको छ । 

यी विद्यालयबीचको जुहारी भूकम्पपछि कहा कक्षा सञ्चालन गर्ने भन्ने बिषयले चर्कायो । भानुले विद्यालय हाताभित्रै अस्थायी सिकाई केन्द्र बनाएर कक्षा चलाउने पक्षामा सुरुदेखि नै अडान लियो । संस्कृतिले भने धराप बनेको विद्यालय छेउ साघुरो हाताभित्र जोखिम मोलेर कक्षा चलाउनुहुन्न भन्दै आयो । उसले भृकुटीमण्डप, टुडिखेल र त्रिचन्द्र कलेज हाताभित्र बिकल्पका रुपमा प्रस्तुत गरयो ।

अहिले विद्यालउ हाताभित्रै कक्षा चलाउने मेसो मिलाइदैछ  । ‘भानुकै जित भयो,’संस्कृतका एक शिक्षकले भने,‘ज्यानकै बाजी लाएर यही साघुरो हाताभित्र धुलो र गर्मीको सामाना गर्दै कक्षा चलाउनु पर्ने अवस्था आइलाग्यो ।’ 

भानुका प्रधानाध्यापक हेमचन्द्र महत्तोले यसलाई सर्वसम्मत निर्णय भने । 

आजको नागरिक दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया