Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्कूल छैन विस्थापित विद्यार्थीलाई

विहीबार, २१ जेठ २०७२

काठमाडौं २१ जेठ/लोमन तामाङ धुन्चेको हाइल्याण्ड बोडिङमा कक्षा पाचमा पढ्दै थिए । लाङटाङमा बस्ती नै उठाएपछि उनको परिवारलाई सरकारले हेलिकप्टरबाट काठमाडौं ल्याइदियो । उनीहरु अहिले स्वयम्भू स्थित पहेलो गुम्बामा बस्दै आएका छन् । भूकम्पपछि आएको हिमपहिरोमा उनले आफन्त समेत गुमाए । 

 आइतबारदेखि विद्यालय खुल्न थालिसकेका छन् । लाङटाङ स्थायी बसोबास भएपछि काठमाडौंका विद्यँलय पढने गाउका साथीहरुलाई लिन गुम्बाकै गेटसम्म  गाडी आउछ । उनी भने गेटसम्म पुग्छन, अनि साथी गएपछि हात हल्लाउदै आफनै टेन्टमा फर्कन्छन ।

उनका बुबा डिन्छु लामालाई छोरा कहा पढाउने भन्ने चिन्ताले सताउन थालेको छ । छिमेकीको छोराछोरी विद्यालय जान लागेको देख्दा उनी न गाउ फर्कने न काठमाडौं बस्ने भन्ने दोधारमा छन् । शिविरमा भएका १ सय २९ घर धुरी मध्ये धेरैको छोराछोरी काठमाडौंमा पढथे । धुन्चेमा पढने ४० जना बालबालिका कहा“ पढाउने अन्यौल रहेको अभिभावकको गुनासो छ  । लाङटाङमा विद्यालय भएपनि धुन्चेका बोडिङमा छोराछोरी पढाउथे । रसुवाको सदरमुकाममा होस्टेल राखेर पढाउने मात्रै अहिले धोधारमा परेका हुन् । ‘काठमाडौंमा पढाउन सकिदैन । महंगो रहेछ,’डिन्छुले भने,‘रसुवामा लगेर राखौ हामी यता (काठमाडौं) हुन्छौ ।’

धुन्चेकै हाइल्याण्डमा कक्षा ७ मै पढिरहेकी गम्की तामाङ पनि विद्यँलय जान पाएकी छैनन । 

रसुवाबाट बिस्थापित भएर काठमाडौं आएका उनीहरु जस्तै सिन्धुपाल्चोकको मार्मिङबाट बिस्थापितपछि बुबा आमा संगै काठमाडौं आएका प्रेम तामाङ पनि कहा“ पढने अन्यौलमा छन् । 

बोडेको शिविरमा भने बढुवा, बारम्ची, धुस्कुन, फुल्पिङकट्टी,  लिस्टी, मार्मिङ, पाङताङ, ऐलाङ, तातोपानी लगायतका १२ गाबिसका एक हजार ६९ जना बस्दै आएका छन् । यस मध्ये १६ वर्ष मुनीका विद्यालय जाने उमेरका ३ सय ७१ जना रहेको शिविर व्यवस्थापनका संयोजक कुमार श्रेष्ठले बताए । 

प्रहरीको तथ्याङक अनुसार रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतको जिल्लाको विभिन्न गाउ“बाट बिस्थापित हुनेमा सात सय भन्दा बढी बालबालिका छन् ।

पुरै गाउ नै बिस्थापित भएको अवस्थामा त्यही विद्यालयलाई अहिले शिविर रहेको ठाउमै अस्थायी रुपमा सार्ने शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए । ‘बस्ती नै सरेको छ भने शिक्षकपनि यही ल्याएर पढाउने व्यवस्था गर्नेछौ,’उनले भने,‘थोरै छन भने पायक पर्ने विद्यँलयमा पढाउने व्यवस्था गछौं ।’ 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया