Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विज्ञान शिक्षक नभएको झोकमा तालाबन्दी

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ/विज्ञान बिषयको शिक्षक नहुदा आफूहरुको पढाई प्रभावित भएको भन्दै गौरी मावि ठाडा र जीयाका विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका छन् । 

६ महिनादेखि निमावि  तथा मावि तह दुबैमा विज्ञान बिषयको शिक्षक नियुक्ति नहुदा आफूहरुको पढाई प्रभावित भएको भन्दै आइतबारदेखि विद्यार्थीले तालाबन्दी गरेका हुन् । 

मंगलबारसम्म ९ र १० कक्षाको मात्र बन्द गरेका विद्यार्थीले बुधबारदेखि विद्यालयका सबै कक्षा ठप्प पारेर आन्दोलनमा उत्रेको स्थानीय बासिन्दाले बताएका छन् । 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया