Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शुल्क मिनाहा गर्न पहल

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ/बिनाशकारी भूकम्पपछि विद्यालयमा पठनपाठन नभएको अवधिको शुल्क मिनाहाका लागि शिक्षा मन्त्रालयले पहल गर्ने भएको छ । 

विद्यार्थी तथा अभिभावकका तर्फबाट यस अवधिको शुल्क छुट गरी विद्यार्थी र अभिभावकलाई राहत दिनुपर्ने बिषयमा चर्को आवाज उठेपछि मन्त्रालयले पहल गर्ने भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले वैशाख १२ देखि एक महिना निजी विद्यालयमा पठनपाठन नभएको उल्लेख गर्दै त्यति अवधिको शुल्क छुट दिनका लागि आफूले निजी विद्यालयका संगठनको पदाधिकारीसंग छलफल थालेको जानकारी दिए । 

यस अवधिमा कुनै पनि विद्यालयको सवारी साधन सञ्चालन नभएको, प्रयोगशाला नखुलेको र छात्रबास सञ्चालन नभएको उल्लेख गर्दै उनले ती शुल्क छुट दिनुपर्छ भन्ने पक्षमा मन्त्रालयले आवश्यक पहल गर्ने बताए । 

 

आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया