Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विद्यार्थी त्रिपालमा शिक्षामन्त्री विदेश शयरमा

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ/भूकम्पले भवन भत्काईदिएपछि अहिले लाखौ विद्यार्थी त्रिपाल कक्षामा विपत्तिका पीडा बाडिरहेका छन् । विभागीय मन्त्री चित्रलेखा यादव भने श्रीमान र छोराछोरी लिएर विदेश शयरमा छिन् । 

‘विपदका बेला विदेश घुम्न नजान’ प्रधानमन्त्री शुशील कोइरालाले पटकपटक दिएको निर्देशन अवज्ञा गर्दै शिक्षामन्त्री यादव वैशाख १२ यता तीन देश घुमिसकेकी छिन् । 

पछिल्लो पटक जेठ १८ गते मन्त्रालयसंग असम्बन्धित महिलासम्बन्धी कार्यक्रममा भाग लिन डेनमार्क पुगेकी उनी  २४ गते मात्र फर्कदै छिन । 

पछिल्लो भ्रमणका लागि मन्त्री यादवले गत बिहीबारको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री कोइरालासंग अनुमति मागेकी थिइन । ‘प्रधानमन्त्रीले तपाई यस्तो बेला नजानुस, शिक्षा क्षेत्र लथालिंग छ त्यसको व्यवस्थापनमा लाग्नुस भन्नु भएको थियो,’बिहीबारको बैठकमा उपस्थित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नागरिकसंग भने,‘उहा प्रधानमन्त्रीलाई फकाउन थाल्नुभयो । मलाई त जानुहुन्न जस्तो लागेको थियो । तर, विपदका बेला शिक्षा क्षेत्र लथालिंग छाडेर जानुभयो ।’ 

६ हजारभन्दा बढी विद्यालय ध्वस्त भएको र हजारौ विद्यार्थीको पढाई बिथोलिएको समयमा उनी आफूसंग असम्बन्धित कार्यक्रमा भाग लिन कहिले श्रीमान, कहिले छोरा त कहिले छोरीलाई लिएर घुमिरहेकी छिन् । 

आजको नागरिक दैनिकमा रुबी रौनियारले यो खबर लेखेकी छिन् । 

 

प्रतिक्रिया