Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

चर्को घाम र धुलोमा बालबालिका

शुक्रबार, २२ जेठ २०७२

काठमाडौं २२ जेठ/अस्थायी सिकाई केन्द्र बनाएर विद्यालय सञ्चालन गर्ने सरकारी नीति कार्यान्वयन हुन नसक्दा सिन्धुपाल्चोकका अधिकांश विद्यालयका बालबालिका खुला आकाश मुनी बस्न विवश छन् । डराई डराई  विद्यालय आउन थालेका बालबालिका खाली चौर रुखमुनी बस्न बाध्य छन् । 

अभिभावकले भूकम्पले भत्किेका विद्यालयको भग्नाबशेष हटाउन सकेका छैनन । तयारीबिनै  आइतबारदेखि विद्यालयदेखि विद्यालय खुलेपछि अधिकांश बालबालिका चर्को घाम र धुलोको मारमा परेका छन् । विद्यालयले छाप्रोसमेत बनाउन सकेको छैनन् । 

शिक्षा कार्यालयका अनुसार जिल्लाका पाच सय ४६ मध्ये एक सयभन्दा बढी विद्यालय अझै खुलेका छैनन । खुलेका विद्यालयमा पनि सिकाई केन्द्र बन्न सकेको छैनन् । सबैजसो भवन क्षतिग्रस्त छन् । अभिभावकहरु आफनै भवन बनाउन ब्यस्त भएपछि श्रमदान जुटेन सकेको छैन । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुले सिकाई केन्द्र बनाउने जिम्मा लिएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा विद्यालय थप समस्यामा परेका छन् । 

आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया