Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

अर्घाखाँची साक्षर जिल्ला

शनिबार, २३ जेठ २०७२

अर्घाखाँची २३ जेठ । अर्घाखाँची आजदेखि मुलुकको आठौ साक्षर जिल्ला भएको छ । 

‘सभ्य र सक्षम नागरिक हाम्रो अभियान ‘साक्षर अर्घाखाँची हाम्रो पहिचान’ नाराका साथ आज सन्धिखर्कस्थित शान्ति बगैचामा आयोजित एक कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले घोषणा गरेका हुन् । 

जिल्लाका १५ देखि ६० वर्ष उमेरका ९७.५४ प्रतिशतले अङ्क र अक्षर चिन्न, पढ्न र लेख्न सक्ने भएकाले अर्घाखाँची साक्षर जिल्ला भएको हो । खुला दिसामुक्त र पुर्ण खोपयुक्त जिल्ला भइसकेको अर्घाखाँची क्रमशः विकासको बाटोमा अग्रसर भएको छ । 

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेल, क्षेत्रीय निर्देशक बैकुण्ठप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, नेपाली काँग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसाल, एमालका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला,एमाओवादीका जिल्ला अध्यक्ष चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चा , राप्रपा, नेपाल शिक्षक महासङ्घलगायत स्थानीय सङ्घसंस्था तथा बुद्धिजीवीको उपस्थिति थियो । रासस 

प्रतिक्रिया