Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्कूलमै खाना

शनिबार, २३ जेठ २०७२

काठमाडौं २३ जेठ /नुवाकोट त्रिशूलीबाट ३० किलोमिटर दुरीमा पर्छ, रसुवाको कालिकास्थान बजार । भूकम्पपछि राहत बोकेर दैनिक सयौं गाडी कालिकास्थान बजारबाट ओहोरदोहोर गरिरहे पनि बजारैमाथिको कालिका हिमालय उच्च माध्यमिक विद्यालय तिर कसैले आखा लगाएका थिएनन । 

अहिले त्यही विद्यालयमा सात समुद्रपारि अमेरिकामा रहेका गुरु नानक देव सेवा सोसाइटीको सहयोगी आखाले विद्यार्थीको मुहारमा खुसी देखिएको छ । 

‘स्कूलमा आएर कोही भोकै नहुन्’ भन्ने उद्येश्य राखर उक्त संस्थाले जेठ १९ देखि एक महिनाका लागि विद्यार्थीलाई भोजनको व्यवस्था गरेको हो । संस्थाका प्रतिनिधिले दैनिक नौ सय विद्यार्थीलाई खानामात्र खुवाएका छैनन । सुख दुःखको अनुभव पनि साट्दै छन् । 

कालिका हिमालय उच्च मावि र धुन्चेस्थित हिमालय उच्च माविका विद्यार्थीका लागि एकै ठाउमा बसालेर भोजन गराईरहेको छ । 

आजको नागरिक दैनिकमा निराजन पौडेलले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया