Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षक बेंसीमा : विद्यार्थी लेकमा

आइतबार, २४ जेठ २०७२

काठमाडौं २४ जेठ /भलिबल खेलको कुनै नियम छैन । गल्ती हुदा सिटी फुक्ने रेफ्री पनि छैनन् । भलिबल कोर्टको कुनै सीमारेखा छैन । सिकाउने गुरु झन् हुने कुरै भएन । सेनाले दिएको भलिबल र बीचमा झुन्ड्याउने जाली, त्यस वरिपरि चौरमै उफ्रदै ८ देखि १६ वर्ष उमेरका विद्यार्थी । यो दृश्य दुर्गम गाउरीको किचेतबाट भूकम्पले विस्थापित भई लङ्गरचेतको त्रिपाल बस्तीका बालबालिकाको दिनचर्या हो । 

विस्थापितको त्रिपाल बस्तीमा मनोरञ्जनका कुनै साधन छैन । गाउमा रहुन्जेल सौर्य ऊर्जाबाट होमडिस्क जडान गरेर टेलिभिजन हेर्ने बानी परेका किचेतवासीको दिनचर्या दिनभर रूखको छहारी, झमक्कै रात परेपछि त्रिपाल र टेन्टभित्र हुन्छ । विद्यार्थी चर्को घाममा दिनभर जंगल चहार्ने, साझबिहान चौरमा भलिबल खेल्ने, रात परेपछि टेन्टमा जाने । ‘पढ्ने पुस्तक ध्वस्त घरसगै पुरिएपछि हामीलाई दिन काट्नै धौ छ,’ कक्षा ५ मा अध्ययनरत सरिता तामाङले बताइन् ।

री ९ को सुन्दर गाउ किचेत र त्यहाका २ सय ४ वटै घरका लागि सञ्चालित एउटा विद्यालय पनि भूकम्पले बाकी राखेन । देउराली प्राविका १ सय ४४ छात्रछात्रासहित पूरै परिवार विस्थापित भएर गत महिना १२ गतेदेखि नै त्रिपाल बस्तीमा पुगेका छन् । सदरमुकामदेखि यहा आएका प्रधानाध्यापक विष्णुहरि लम्साल पनि रहेनन् । डेरा बसेका घर भत्किदा चेपेर उनको मृत्यु भएपछि पठनपाठन हुन सकेको छैन । अन्य ३ शिक्षकको अवस्था के छ भने किचेतवासीलाई अझै थाहा छैन ।

गाउघरमा अस्थायी टहराले निर्माण गरेर धमाधम विद्यालय सञ्चालन हुदै गर्दा त्रिपालबस्तीका बालबालिका कता गएर पढ्ने ठेगान छैन । भूकम्प र त्यसपछिका पराकम्पनले गाउको चारैतिर पहिरो झर्न थालेपछि पूरै गाउ विस्थापित भएको हो । ‘भएका अरू २ शिक्षक बोलाएर पनि के काम ? बालबालिका पढाउन ओत लाग्ने टहरा बनाउन सकिएको छैन,’ विस्थापित प्रेम तामाङले बताए ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया