Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

रातारात हटाइयो विद्यालयको रातो स्टिकर

आइतबार, २४ जेठ २०७२

काठमाडौं २४ जेठ/जिल्ला शिक्षा कार्यालयले गत साता त्रिपुरेश्वरस्थित विश्व निकेतन उच्च माध्यमिक विद्यालयको एउटा भवनमा असुरक्षित भन्दै रातो स्टिकर टासेको थियो । बुधबार विद्यालय पुग्ने विद्यार्थीले उक्त स्टिकर देखेनन् । 

किन रातो लगायो, कसले हटायो भन्नेमा शिक्षक–विद्यार्थी अन्योल परे । ‘स्वयंसेवकले बुझ्दै नबुझी रातो स्टिकर लगाइदिएको रहेछ । पछि इन्जिनियरलाई देखाउदा मर्मतसम्भार गरेर कक्षा चलाउन मिल्छ भनेपछि हटायौं,’ विद्यालयका प्रधानाध्यापक निर्मल गिरीले भने, ‘शिक्षा कार्यालय र अरू इन्जिनियरलाई देखाउदा केही फरक पर्दैन भन्ने सुझाव पाइयो ।’ 

शिक्षा कार्यालयका इन्जिनियर गिरिधर मिश्रले रातो स्टिकर हटाउने कुनै निर्णय नभएको बताए । ‘हामीले त स्टिकर हटाउने निर्णय गरेका छैनौं,’ उनले भने, ‘हटाएको भए हरियो स्टिकर टा“सिन्थ्यो । आफूखुसी हटाउनुचाहि गल्ती हो ।’ र

विद्यालय प्रशासनबाट हरियो स्टिकर लगाइदिनु परयो भन्दै शिक्षा मन्त्रालयमा समेत कुरा पुयाइएको थियो । ‘हरियो लगाइदिन भन्दिनु परयो भनेर मलाई पनि फोन गरेका थिए,’ शिक्षाका एक सहसचिवले भने । 

असुरक्षित भनिएको २ तले भवनमा बिहीबारदेखि कक्षा ९ र १० को पठनपाठनसमेत सुरु भएको छ । यही भवनमा कक्षा १२ को परीक्षासमेत नियमित भइरहेको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले यो विद्यालयमा ४ सय विद्यार्थीको परीक्षा केन्द्र तोकेको छ । अनिवार्य विषयमा ३ सय ८८ जना विद्यार्थी सहभागी भएको गिरीले बताए । ‘परीक्षा केन्द्र नराखौं भनेका थियांै । थोरै मात्रै भए पनि राख्नुपर्छ भनेपछि हलमा पनि राखेर परीक्षा लिइरहेका छौं,’ उनले भने । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया