काठमाडौं २४ जेठ /हेटौडा नगरपालिका संस्थागत तथा सामुदायिक विद्यालयका ७० वटा भवन असुरक्षित रहेको भन्दै प्राविधिकले रातो स्टिकर लगाएका छन् ।
शिक्षा विभागले युनिसेफको सहकार्यमा मकवानपुर पठाएको प्राविधिक टोलीले हेटौडा नगरको मात्र ७० वटा भवन असुरक्षित भन्दै रातो स्टिकर टासेको हो ।
बस्नै नमिल्ने खालका भवनमा रातो स्टिकर टासिएको मकवानपुरका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद पौडेलले जानकारी दिए ।
हेटौडा नगरको ६१ विद्यालयका दुई सय २६ भवनमध्ये एक सय ५८ भवनमा हरियो स्टिकर लागेको छ ।
प्राविधिक सहितको १० टोलीले दुई दिन लगाएर हेटौडा नगर क्षेत्र भित्रको विद्यालय भवनको प्राविधिक परीक्षण गरेको थियो ।
आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया