Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

एसएलसी नतिजा असार ७ भित्र

शनिबार, ३० जेठ २०७२

काठमाडौं ३० जेठ / परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार नतिजा प्रकासनको अन्तिम तयारी भइरहेको छ। ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीको उत्तरपुस्तिका देशभरिका ६४ परीक्षा केन्द्रबाट परीक्षण भई केन्द्रमा पुगिसकेको उनले जानकारी दिएका छन्।

'विद्यार्थीको मार्क इन्ट्री गर्ने काम भइरहेको छ,' परीक्षा नियन्त्रक द्वारेले नागरिकसँग भने, 'नतिजा प्रकाशनको गोप्य काम पनि अन्तिम चरणमा पुगेको छ।' उनले यस वर्ष नतिजा प्रकाशनमा त्रुटि कम गर्न विद्यार्थीको विषय, जन्ममिति र प्राक्टिकल विषयको नम्बर इन्ट्री गर्दा विशेष ख्याल पुर्यातएको बताए। साधारण शिक्षाका परीक्षार्थीको नतिजा यस वर्ष नम्बर प्रणालीमै प्रकाशन हुने उनले जनाए।

यस वर्ष पहिलोपटक प्राविधिक विषयतर्फका विद्यार्थी पनि एसएलसीमा सहभागी भएका छन्। प्राविधिक शिक्षा लागू भएका ९९ विद्यालयबाट ३ हजार २ सय ८८ जनाले परीक्षा दिएका छन्।

विद्यार्थीलाई फेल हुने तनावबाट मुक्त गर्न यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले प्राविधिकतर्फको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने जनाएको छ। परीक्षणको रुपमा प्राविधिकतर्फका परीक्षार्थीको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गर्ने र क्रमशः साधारण शिक्षातर्फ समेत लागू गर्ने योजना सरकारको छ।

परीक्षा नियन्त्रक द्वारेका अनुसार प्राविधिकतर्फका ३ हजार २ सय ८८ परीक्षार्थीको नतिजा उनीहरुको क्षमताअनुसार अक्षरांशमा प्रकाशित हुन्छ। यो प्रणालीमा ९०–१०० अंक प्राप्त गर्नेलाई ए प्लस, ८०–८९ अंक प्राप्त गर्नेलाई ए, ६०–६९ अंक प्राप्त गर्नेलाई बी, ४०–५९ अंक प्राप्त गर्नेलाई सी र २०–३९ अंक प्राप्त गरेको विद्यार्थीको प्रमाणपत्रमा डि अक्षरले संकेत गरिएको हुन्छ।

'२५–३९ अंक भन्दा मुनी प्राप्त गरेको विद्यार्थीको प्रमाणपत्रमा ई अक्षरले संकेत गरिन्छ,' परीक्षा नियन्त्रक द्वारेले भने, 'ई प्राप्त गरेको विद्यार्थीको परीक्षाको नतिजा धेरै कमजोर भएको बुझाउँछ।' उनका अनुसार प्राविधितर्फका परीक्षार्थीको नतिजा साधारणतर्फको नतिजा प्रकासन भएको एक सातापछि मात्रै प्रकासन गर्ने तयारी पनिकाको छ ।
नागरिकमा खबर छ ।

प्रतिक्रिया