Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निजि उच्च माविमा भारतीय प्रकाशनका पुस्तक

सोमबार, ३२ साउन २०७२

पर्सा ३२ साउन / जिल्लाका केही निजि उच्च माध्यमिक विद्यालयहरुले भारतबाट प्रकाशित पुस्तकहरुबाट पठन पाठन गरेको फेला परेको छ । उच्च माध्यमिक शिक्षा परिषद्द्धारा मान्यता प्राप्त सबैको नेपाली, एक चिहान र लिंक इङ्लिस विषयका पुस्तकहरु साझा प्रकाशले विक्री वितरण गर्दै आए पनि भारतीय प्रकाशनका पुस्तकहरु फेला परेको हो ।

भारत बनारसबाट प्रकाशित पुस्तकहरु विक्री वितरण हुदै आएको पाइए पछि साझा प्रकाशनले विक्री वितरण रोक्न पुस्तक पसल एवं वितरकहरुको ध्यानाकर्षण गराएको छ ।

साझा प्रकाशन पर्सा शाखाका प्रमुख दिलिप कुमार गुप्ताले केही पुस्तक पसलहरुले कमिशनको लोभमा भारतीय प्रकाशनका पुस्तकहरु बिक्री विरतरण गरेको दावि गरे ।

अनाधिकृत रुपमा भईरहेका यस्ता कार्य रोक्न आग्रह गर्दै प्रकाशनले  विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा नक्कली पुस्तक प्रकाशन तथा बिक्री वितरणप्रति संस्थाको गम्भीर ध्यानाकार्षण भएको जनाउदै यस्तो कार्य नगर्न नगराउन अनुरोध गरिएको छ । पुस्तक प्रकाशन तथा बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून अनुसार हदै सम्मको कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया