Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

प्राविधिक एसएलसीपछि कहा पढने ?

शुक्रबार, ०४ असार २०७२

काठमाडौं ४ असार/प्राविधिक एसएलसी परीषाको नतिजाको पर्खाइमा रहेका विद्यार्थीका लागि उच्च शिक्षाको अवसर अझै अन्यौल बन्न पुगेको छ ।
टी एसएलसी उतिर्ण विद्यार्थीले कहा पढने भन्ने बारेमा सरकारले निर्णय गर्न सकेको छैन ।
व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समिति अन्तर्गत शिक्षा उपसमितिले शिक्षा मन्त्रालयलाई यस बारेमा तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले दुई साताअघि मात्रै सम्भाव्यता अध्ययन गर्ने भनेर प्राविधिक समिति गठन गरेको थियो । उक्त समिति अझैसम्म अध्ययनमै ब्यस्त छ ।
शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले शिक्षा सचिव संयोजक रहेको समितिले प्राविधिक बिषय लिएर उच्च शिक्षा अध्ययन गर्न चाहने त्यस्ता विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यववसायिक तालिम परिषद् सीटीइभीटी अन्तर्गतका कलेजमा वा साधारण धार तर्फ जानेले उच्च माध्यमिक विद्यालयमा भर्ना हुन पाउने निर्णय गरेको बताए । 
आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया