Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

स्वर्गीय एलिसा ग्वाँछा फस्ट डिभिजन

शनिबार, ०५ असार २०७२

भक्तपुर, तौलाछेकी मैयाँकेशरी ग्वाँछा शुक्रबार प्रथम श्रेणीमा उत्तीर्ण छोरी एलिसाको तस्बिर देखाउँदै। वैशाख १२ को भूकम्पमा घाइते भएकी एलिसाको जेठ १ गते उपचार क्रममा मृत्यु भएको थियो। तस्बिर : उपेन्द्रभक्तपुर ५ असार /शुक्रबार उनको जन्मदिन। शुक्रबारै उनले एसएलसी परीक्षामा फस्ट डिभिजन ल्याइन्। अफशोच न उनको जन्मदिन मनाइयो न सफलताको उत्सव।  भक्तपुर, तौलाछे–१ की एलिसा ग्वाँछाले एसएलसी परीक्षा त दिइन् तर नतिजा नआउँदै उनको भौतिक शरीरले धर्तीबाट बिदा लियो। वैशाख १२ गतेको भूकम्पमा परेर घाइते उनको उपचार क्रममा जेठ १ गते वीर अस्पतालमा निधन भएको थियो। फलामे ढोका पार गर्नुअघि नै एलिसाको जीवन यात्रा रोकियो।
भक्तपुरकै बागेश्वरी उच्च माविबाट परीक्षा दिएकी सिम्बोल नम्बर ०२८०८०३ ‘सीु की एलिसा फस्ट डिभिजनमा पास भएको विद्यालयका साहयक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले जानकारी दिए।
‘निकै मिहेनती थिइन्, सधैँ नतिजाबारे चासो राख्थिन् ,ु प्रजापतिले भने, ‘तर आज आफू पास भएको खबर सुन्न पाइनन्।
एलिसाको नतिजा सुनेपछि परिवार झन् भावविह्व भयो। वीर अस्पतालमा उपचार क्रममा रहँदा एलिसाले नतिजाबारे निकै चासो राख्ने गरेको आमा मैयाँकेशरीले सुनाइन्।


‘सुरुका केही दिन आफ्नो कागजपत्रको विषयमा चासो राख्थी,ु मैयाँकेशरीले भनिन्, ‘उसलाई पढ्ने निकै रहर थियो। पुरिएको समयमा हात र खुट्टामा लागेको घाउ बल्भ्किएर सिकिस्त बन्दै गएपछि उनी निराश देखिन थालेको उनले सुनाइन्।
‘म रहे पनि नरहे पनि आफन्तलाई भोज खुवाउनू है भन्थी,ु गहभरि आसुँ पारेर मैयाँकेशरीले भनिन्, ‘उसलाई पहिला नै आफू पास हुन्छु भन्ने विश्वास थियो।ु बिरामी अवस्थामै उनले विद्यालयका शिक्षकलाई पनि अस्पतालमा बोलाउन लगाएको मैयाँकेशरीले सुनाइन्।

‘खै किन बोलाई थाहा भएन,ु उनले भनिन्, ‘सरहरु पनि अस्पताल आएर गहभरि आँसु बनाएर फर्किनुभो।ु

स्टाफ नर्स बन्ने सपना बोकेकी एलिसाको इन्फेक्सनका कारण मृत्यु भएको चिकित्सकले बताएको परिवारले जनायो। ‘ऊ बाँचेकी भए आज निकै खुसीको दिन हुने थियो,ु एलिसाका बुबा कृष्णप्रसादले भने, ‘तर न उसको जन्मदिन मनाउन पायौँ न सफलताको उत्सव।

वैशाख १२ गतेको भूकम्पको समयमा हजुरआमासँग घरमा रहेकी एलिसा आफ्नो चारतले घर भत्केर घाइते भएकी थिइन्। हजुरआमाको त्यही दिन घटनास्थलमै मृत्यु भएको थियो।

स्टाफ नर्स बन्ने सपना रहेको उनकी साथी सानुमाया लवजुले बताइन्।
भूकम्पले ज्यान गुमाउने एसएलसी परीक्षार्थीमा उनी एक्ली होइनन्। ८ हजारभन्दा बढीको ज्यान जाने गरी गएको भूकम्पले भूकम्प प्रभावित क्षेत्रका थुप्रै विद्यार्थीको ज्यान लिएको छ।

भक्तपुर, मूलढोकाकी रुवी अवालले पनि यसपटकको एसएलसी परीक्षामा सहभागिता जनाएकी थिइन्। वैशाख १२ गतेको भूकम्पले रुवीको मृत्यु भएपछि परिवारले शुक्रबारको एसएलसी नतिजामा चासो देखाएन।
छोरी नै रहिन, अब नतिजा हेरेर के गर्ने, रुवीका बुबा राजाराम अवालले भने।
डाक्टर बन्ने सपना देखेकी छोरीको पढाइका लागि आफूले दिनरात मिहिनेत गरेको उनले सुनाए। ‘ऊ बाँचेकी भए नतिजा हाम्रालागि सबैभन्दा ठूलो हुने थियो, उनले सुनाए। भूकम्पमा कक्षा १० मा अध्ययनरत उनकी अर्की छोरी लक्ष्मीको पनि मृत्यु भएको थियो।

शिक्षा मन्त्रालय प्रवक्ता डा. हरि लम्साल एसएलसी दिने कति विद्यार्थीको भूकम्पमा मृत्यू भएको यकिन तथ्यांक आइनसकेको सुनाउँछन्। भूकम्पले कुल ४ सय ७९ विद्यार्थीको मृत्यु भएको छ, उनले भने, ‘यसमा कति एसएलसी दिएका परे भन्ने छुट्टिएको छैन।
आजको नागरिक दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया