Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

७२ उच्च मावि खारेज हुदै

सोमबार, ०७ असार २०७२

काठमाडौं ७ असार /उच्च माध्यमिक शिक्षा परिषद्ले ७२ वटा उच्च माध्यमिक विद्यालयको सम्बन्धन खारेजी गर्ने भएको छ । 

विगतका पदाधिकारीले सम्बन्धन खारेजी गर्न इन्कार गरेका ती उमाविको सम्बन्धन खारेजी गर्ने निर्णय गरेको हो । 

परिषद्को एक साताअघि बसेको बसेको बैठकले केन्द्रीय अनुगमन समितिले गरेको अनुगमनको आधारमा विद्यार्थी नभएका, विवादमा तानिएका, विद्यार्थी भएर पनि नियमित रुपमा कक्षा सञ्चालन नगरेका ७२ उमाविका सम्बन्धन खारेज गर्न लागेको हो । 

खारेजी हुन लागेको उमाविमा निजी, सार्वजनिक, संस्थागत, क्याम्पस र जिरो प्लस टु रहेका छन् । खारेजीको प्रक्रियामा जान लागेका मध्ये ४७ वटा निजी, ३ वटा सामुदायिक, १७ वटा क्याम्पसमा सञ्चालित प्लस टु र २ वटा संस्थागत र ३ वटा जिरो प्लस टु रहेका छन् । 

परिषद्ले ०६९ सालदेखि शुन्य विद्यार्थी रहेका ती उमाविलाई खारेजी गर्न लागेको जनाएको छ । सबै क्षेत्रीय कार्यालयको प्रतिवेदनको आधारमा ती विद्यालय खारेजी गर्न लागिएको उमाविले जनाएको छ । 

आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया