Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

काठमाडौंको दुई विद्यालय निल

सोमबार, ०७ असार २०७२

काठमाडौं ७ असार/प्रवेशिका परीक्षामा राजधानीर्क दुई विद्यालयको नतिजा शुन्य आएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजामा काठमाडौंका एक सामुदायिक विद्यालय र एक संस्थागत विद्यालयको अवस्था शुन्य रहेको पाइएको हो । 

जिल्ला शिक्षा कार्यालय काठमाडौंका अनुसार सामुदायिक तर्फ शिखरापुर माध्यमिक विद्यालय फर्पिङ र सामुदायिक तर्फ माउण्ट एभरेष्ट इङलिस स्कूल कपनको नतिजा शुन्य रहेको हो । 

प्रवेशिका परीक्षा २०७१ म शिखरापुरबाट १५ र माउण्टभ्यू बाट चार जना विद्यार्थी सहभागि भएको परीक्षा शाखाका टेकेन्द्र ढकालले बताए । यस वर्ष काठमाडौंमा ८५.९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । भक्तपुरमा गत वर्षको तुलनामा तीन प्रतिशत बृद्धि भएको छ । गत वर्ष ८४.२७ प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा यस वर्ष ८७.४९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । 

आजको राजधानी दैनिकमा किरण बुढाथोकीले यो समाचार लेखेका छन् । 

 

प्रतिक्रिया