काठमाडौं ८ असार /लामो समयको अभियानबाट साक्षर तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला बनेको सुर्खेतले साक्षरोत्तर शिक्षा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नवसाक्षरहरुका लागि साक्षरोत्तर तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकारी दीपा हमालले जानकारी दिइन । साक्षर घोषणा भए पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताइन ।
गत महिना मात्र सुर्खेत तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक घोषणा भएको थियो ।
आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया