Edukhabar
सोमबार, १० मंसिर २०८१
अन्तैवाट

तस्बिरसहित विद्यालयको अभिलेख राख्नुपर्ने

सोमबार, २१ असार २०७२

काठमाडौं २१ असार/अबदेखि देशभरका सामुदायिक विद्यालयले आफनो भवनको तस्बिरसहितको अभिलेख अनिवार्य राख्नु पर्ने भएको छ । 

भूकम्पले थुप्रै विद्यालय भत्किएको र कतिपय विद्यालयको पूर्व अवस्थाको तस्बिरसमेत नभएपछि शिक्षा विभागले तस्बिरसहितको अभिलेख राख्न निर्देशन जारी गरेको छ । 

विभागका सिनियर डिभिजन इन्जिनियर झप्परसिंह विश्वकर्माले सबै विद्यालयले तस्बिरसहित ऐतिहासिक लगायतका विवरणको अभिलेख राख्नुपर्ने बताए । 

उनले विद्यालयले यस्ता अभिलेखलाई विद्यार्थीको सिकाईमा समेत प्रयोग गर्नु पर्ने बताए । ‘विद्यालय भत्नुअघि कस्तो थियो ? भत्किसकेपछि भवन कस्तो अवस्थामा पुग्यो ?ः भूकम्पीय जोखिम कम गर्न कस्तो भवन बनाउनु पर्ने रहेछ ? भन्ने लगायतको बारेमा त्यस्ता अभिलेखबाट विद्यार्थीलाई शिक्षा दिनुपर्छ,’उनले भने,‘भूकम्पले क्षति नगरेका विद्यालयले पनि तस्बिरसहित अभिलेख सङग्रह गर्दा पछिका पुस्तालाई काम लाग्छ ।’ 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया