Edukhabar
सोमबार, १० मंसिर २०८१
अन्तैवाट

पदाधिकारी विवादले पूर्वाञ्चल विश्वविद्यालय ठप्प

सोमबार, २१ असार २०७२

काठमाडौं २१ असार/करारका कर्मचारी भर्ना प्रक्रिया समावेशी नभएको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा बिहीबार तालाबन्दी भएको छ । त्यही बिषयमा बार्ता चल्दै गर्दा शुक्रबार साँझ उपकुलपति निवासमा तोडफोड भएको थियो । पाँच सात जनाको संख्यामा रहेको युवाले उपकुलपतिको बारगाछीस्थित निवासमा तोडफोड गरेका हुन् । 

उपकुलपति  महेश्वरमान श्रेष्ठ र रजिष्टार निरोज पाण्डेबीच ‘तुष’ नै पियूमा बढ्दो विवादको कारण देखिएको हो । स्रोतका अनुसार कर्मचारी भर्नामा समावेशीको निहु झिकेर रजिष्टार पाण्डेले उपकुलपति श्रेष्ठको ‘सेखी’ झार्न खोजेका हुन् । ‘पियू बाहिरी र भित्री समस्याले सधै लफडा हुने स्थल बनेको छ,’ पियूका कर्मचारी संघका अध्यक्ष रुपेश बस्नेतले भने,‘सधै लफडा मात्र भइरहे शैक्षिक उन्नयनको काम कहिले गर्ने ?’ 

पियूको आन्तरिक लेखा परीक्षण तीन बर्षदेखि भएको छैन । कार्यकारी परिषद्ले लामो समयदेखि रोकिएको लेखापरिक्षण गराउने निर्णय गरेपछि श्रेष्ठसित पाण्डे रिसाएका हुन् । 

श्रेष्ठ र पाण्डे दसर्ब एमाओबादी कोटामा नियुक्त भएका हुन् । अनियमितता प्रकरणमा दुबै एक वर्ष निलम्बनमा परेका थिए । 

आजको नागरिक दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया