Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

कलेज आफै तोक्छन् पसल

आइतबार, २७ असार २०७२

काठमाडौं २७ असार/ अधिकांश अभिभावक यति बेला एएसएलसी उत्तीर्ण गरेका छोराछोरीका लागि राम्रो कलेज खोजेर भर्नाको चटारोमा छन् । कलेज भर्नासगै उनीहरूलाई थप झमेला छ पोसाकको । कलेजले कुपन काटेर पोसाक किन्नका लागि पसल तोकिदिदा अभिभावकहरू छक्क परेका छन् ।

विद्यार्थी तान्न बढी प्रचारमुखी बन्दै गएका उच्च माध्यमिक विद्यालयहरूले नया भर्नासगै पोसाकमा कार्टेलिङ गरेका छन् । यहाका नाम चलेका कलेजहरूले भर्ना हुन गएका विद्यार्थीहरूलाई पोसाक किन्नका लागि पसलको कुपन वितरण गरिरहेका छन् । ‘छोराको भर्नाका लागि अरनिको कलेज गएको थिए, भर्नासगै पोसाक किन्नका लागि पसलको कुपन थमाइयो,’ एक अभिभावकले भने, ‘किताबमा त सुनेको थिए, पोसाकमा पनि कार्टेलिङ हुन थालेछ ।’ शिक्षक तथा व्यवस्थापन समितिका सदस्यले विद्यार्थीलाई आफूले भनेको पसलबाट पोसाक किन्न बाध्य बनाएका छन् । हरेकले एकपटकमा २ जोर पोसाक अनिवार्य किन्नुपर्छ । पूर्व क्षेत्रमा सामुदायिक र निजी गरी ७ सय १७ वटा उच्च मावि छन् । 

कलेजले तोकेका पसलमा अन्यत्रभन्दा मूल्य बढी छ । तर पनि कलेजले तोकेको पसलमा नै उनीहरू पोसाकका लागि कपडा किनिरहेका छन् । विराटनगरको मुख्य सडकमा केही कलेजका शिक्षकहरूले पोसाकका लागि कपडा पसल नै खोलेका छन् । हिसान मोरङका अध्यक्ष बलराम पन्तका अनुसार पसलहरूले कलेजमा गएर पहिल्यै ‘मार्केटिङ’ गर्ने गरेकाले विद्यार्थी र अभिभावकलाई सजिलोका लागि त्यसो गरिएको हो । 

बजारमा सबैतिर पाइने भएकाले तोकिएकै पसलबाट किन्नुपर्ने बाध्य नबनाइएको उनको दाबी छ । 

एक विद्यार्थीका लागि दुई जोर ड्रेसको कपडा र सिलाइमा २ हजार ५ सयसम्म खर्च हुने गरेको छ । त्यसबाहेक टाइ, जुत्ताका लागि थप रकम आवश्यक पर्छ । कलेजहरूले टाइ र जुत्ताका लागिसमेत पसल तोक्ने गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया