Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

सिन्धुकोटका विद्यार्थीमा अस्थायी सिकाइ केन्द्रले खुसी ल्याइदियो

सोमबार, ०४ साउन २०७२

काठमाडौ ४ साउन । भूकम्पका कारण विद्यालय भवन पूर्णरुपमा भत्किएपछि कसरी पढ्ने भन्ने चिन्तामा रहेका सिन्धुकोट गाविसस्थित सिन्धुपुराना गाउ उमाविका विद्यार्थीको मुहार शनिबार खुसीले उज्यालियो । 

सिन्धुपाल्चोकस्थित उक्त विद्यालयको १६ कोठे भवन भूकम्पले पूर्णरुपमा ध्वस्त पारेको थियो । शैक्षिक क्षेत्रमा कार्यरत संस्था हेलम्बु एजुकेसन लिभ्लिहुड पार्टनरसीप (हेल्प) नेपालले बनाइदिएको १० कोठे अस्थायी सिकाइ केन्द्र (टिएलसी) को शनिबार उद्घाटन भएपछि त्यस विद्यालयका विद्यालयमा खुसी छाएको हो । 

दैनिक डेढ घन्टाभन्दा बढी समय हिडेर विद्यालय आउने जाने गर्ने कक्षा ९ की विद्यार्थी धनकुमारी नेपाली फेरि पहिलेझै विद्यालयमा पढ्न पाइने भएपछि खुसी देखिन्थिन् । विद्यालयको टिएलसी उद्घाटनमा आमालाई समेत लिएर आएकी धनकुमारीले भनिन् –कक्षाकोठा राम्रो नहुदा घाम र पानीका बेला पालमा बसेर पढ्नुपरेको थियो । त्यसरी पढ्न सकस भए पनि विद्यालय आउन भने कहिल्यै पनि छोडिन । कक्षा ९ र १० लाई विद्यालयले बिहान ६ देखि ‘कोचिङ’ पढाउने गरेको छ । 

उनकी आमाले भनिन् – ‘ भुइचालो र पानीले गर्नु गरेको छ । स्कुल नपठाऔ पनि भएन, पानी परिरहदा पहिरोको डर हुन्थ्यो । सधै बिहान ६ बजे नै स्कुल आइसक्नुपर्ने । स्कुल पनि राम्रो थिएन । अब त स्कुल पनि राम्रो बनेको छ । राम्ररी पढ्न पाउने भए ।’   

विद्यालयका प्रधानाध्यापक कुमार खतिवडाले भूकम्पका कारण विद्यालय भवन भत्किएपछि कसरी पढाउने भन्ने चिन्ता लागिरहेको बेलामा हेल्प नेपालले टिएलसी बनाएर हस्तान्तरण गरेपछि विद्यार्थीले राम्रोसग पढ्न पाउने भएको बताए । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले उक्त टिएलसी विद्यालयलाई हस्तान्तरण गरेका हुन । हेल्प नेपालका कार्यकारी निर्देशक जिमी लामाले  यस्तो प्रकोपका बेला हामीले आफनो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताए । 

अञ्जली रम्तेलले राससमा समाचार लेखेकी छिन् । 

 

प्रतिक्रिया