Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

नतिजा नआएसम्म पढाउन दिन निर्देशन

विहीबार, ०७ साउन २०७२

काठमाडौं ७ साउन /शिक्षक सेवा आयोगले नतिजा प्रकाशन नगरेसम्म प्राविधिक बिषयका शिक्षकलाई तलब भत्ता दिन शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । 

सामुदायिक विद्यालयको कक्षा ९ र १० मा प्राविधिक बिषय अध्ययापन गराउने शिक्षकलाई  साउनदेखि  अध्ययापन अनुमति पत्र हुनुपर्ने व्यवस्था गरेको थियो । 

मन्त्रीस्तरीय निर्णयबाट विज्ञान, गणित, अंग्रजी, लेखा, कम्प्यूटर, सिभिल इन्जिनियरिङ, इलेक्ट्रोनिकल इन्जिनियरिङ, पशुपालन बिषयका शिक्षकलाई आयोगबाट सञ्चालन भएको परीक्षाको नतिजा नआएसम्म कार्यरत रहिरहन दिन निर्देशन दिएको हो । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया