Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

बिरोधका बिच ४ उपकुलपतिको नियुक्ति

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / बिरोधका बिच ४ उपकुलपतिको नियुक्ति भएको छ । आईतबार अबेर नियुक्ति पत्र तयार गरिएको र कुलपतिको हैसियतमा प्रधानमन्त्रीले हस्ताक्षर गरीसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  एकलौटी रुपमा उपकुलपतिको नाम सिफारिस गरेको भन्दै सत्ता साझेदार एमाले निकट प्रगतिशिल प्राध्यापक संगठनले विरोध जनाएपनि प्रधानमन्त्री एवं कुलपति सुशिल कोईरालाले चार विश्वविद्यालयका उपकुलपति नियुक्ति गरेका हुन् ।

नवनियुक्त उपकुलपतिहरुलाई सोमबार पत्र दिने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले एडुखबरलाई बताए । 

त्रिभुवन विश्वविद्यालयका लागि प्रा.डा तीर्थराज खनिया, नेपाल संस्कृतका लागि प्रा.कुलप्रसाद कोइराला, पूर्वाञ्चलका लागि प्रा.डा घनश्यामलाल दास, र सुदूरपश्चिमका लागि प्रा.भूषण श्रेष्ठलाई नियुक्ति गरिएको हो ।

उक्त सिफारिस प्रति एमाले निकट प्राध्यापक संगठनले असन्तुष्टि जनाउँदै उक्त निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै तत्कालै खारेज गर्न माग गरेको थियो ।

यस्तै एमाओवादीनिकट नेपाल राष्ट्रिय प्रध्यापक संगठनका महासचिव पूर्ण लामिछानेले उपकुलपति नियुक्तिमा सत्ताको दुरुपयोग भएको बताए ।
अव पोखरा, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति सिफारिस बाँकी छ । बाकी तीनमध्ये दुईवटा विश्वविद्यालयमा एमाले र एउटामा एमाओवादी निकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भईसकेको बताईएको छ ।

उपकुलपतिको नाम सिफारिस गर्न शिक्षा मन्त्रीको अध्यक्षतामा गठित समितिले शनिबार अवेर चार विश्वविद्यालयका उपकुलपतिको नाम सिफारिस गरेको थियो ।

अन्य दलबाट नाम नआएपछि समितिलाई दिईएको अवधि सकिएको ११ दिन पछि नाम सिफारिस गरिएको थियो ।

सात मध्ये चार उपकुलपति मात्रै सिफारिस : बाहिर हेर्दा दल भित्र भित्रै खेमाको प्रभाव

काँग्रेसकै प्रधानमन्त्री र शिक्षा मन्त्री भएकाले पनि उनीहरुलाई आफ्नो क्षमतामा प्रश्न उठ्नु अघिनै सिफारिस गर्न चुनौति थियो । त्यहि कारण अन्य दलबाट नामावली प्राप्त नभएको अवस्थामा शिक्षा मन्त्रीले आफ्नो दलका नाम मात्रै भएपनि सिफारिस गरेकी थिईन् । 

प्रतिक्रिया