Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

कृषि तथा वन विश्व विद्यालयमा तीन वर्षमा ११ सय विद्यार्थी

आइतबार, १० साउन २०७२

कृषि तथा वन विश्व विद्यालयमा तीन वर्षमा ११ सय विद्यार्थीकाठमाडौं १० साउन / कृषि तथा वन विश्व विद्यालयले पढाइ सञ्चालन गरेको तीन वर्ष पुरा हुँदै गर्दा विभिन्न तहमा गरेर एक हजार एक सय एक जना विद्यार्थी अध्ययनरत छन् । सो विश्व विद्यालयले विस २०६९ सालदेखि स्नातक र त्यसको एक वर्षपछि स्नातकोत्तर तहको अध्ययन सुरु गरेको थियो। 

आउँदो असोजमा स्नातकोत्तर तहको पहिलो समूहले अध्ययन पुरा गर्दैछ ।विस २०६८ सालको साउनमा उपकुलपति नियुक्त भएपछि विश्व विद्यालयको औपचारिक आरम्भ भए पनि पढाइ सुरु हुन एक वर्ष लागेको थियो । पहिलो उपकुलपति कैलाशनाथ प्याकुरेलको चार वर्षे अवधि पुरा हुँदैछ । सो अवधिमा भएका कामहरु बारे जानकारी दिन शनिबार बिहान भरतपुरमा भएको पत्रकार सम्मेलनमा कुखुरा पालन, डेरी र कृषि व्यवसायमा समेत पढाइ सञ्चालन गर्ने जानारी दिइयो ।

एक शैक्षिक सत्रमा स्नातक तहमा कृषि संकायकमा १६५, पशु विज्ञान, पशु चिकित्सा अन्तर्गत भेटेरिनरीमा ५० र मत्स्य विज्ञानमा १६ तथा वन विज्ञानमा ८० जना विद्यार्थी भर्ना हुने गरेका छन् । त्यस्तै स्नातकोत्तर तहमा कृषिमा ९०, पशु र मत्स्य विज्ञानमा ४० र वन विज्ञानमा १५ जना विद्यार्थी छन् । विद्यावारिधीका लागि ३० जना अध्ययनरत छन् ।

कुल विद्यार्थीमध्ये ६९ प्रतिशत पुरुष र ३१ प्रतिशत महिला रहेको उपकुलपति प्याकुरेलले जानकारी दिए । त्यस्तै पशु विज्ञान पढ्नेमा महिला एक चौथाइ मात्रै छन् । तर मत्स्य विज्ञान पढ्नेमा महिला पुरुष बराबरी रहेको उनले बताए । विश्व विद्यलायले अहिलेसम्म कुनै आंगिक क्याम्पस सञ्चालन पनि गरेको छैन र कुनै क्याम्पसलाई सम्बन्धन पनि दिएको छैन ।

विश्व विद्यालयका रजिष्टार सुर्यकान्त घिमिरेले सम्बन्धन लिन चाहनेहरुका लागि सुचना निकालेको र २० क्याम्पसले निवेदन दिएको जानकारी दिए । 'सम्बन्धन लिन निवेदन आएको छ । त्यसमध्येबाटै छनौट हुने छन् । कतिले पाउँछन् अहिल्यै भन्न सकिन्न' घिमिरेले भने । त्यस्तै विश्व विद्यालयले १५ ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्ने आवश्यकता देखेको छ तर काम हुन सकेको छैन ।

'राष्ट्रपति ज्युले पढेको सरकारको नीति तथा कार्यक्रममा पाँच ठाउँमा कृषि तथा प्राकृतिक स्रोत महाविद्यालय खोल्ने भनियो । तर बजेटमा यस बारेमा केही बोलिएन । त्यसैले आँगिक क्याम्पस सञ्चालन गर्ने वारेमा प्रष्ट केही भन्न सकिन्न' उपकुलपति प्याकुरेलले भने । उच्च पहाडी, मध्य पहाडी र तराईको हावापानीलाई ख्याल राखेर १५ ठाउँमा आँगिक क्याम्पस चलाउन आवश्यक भएको उनको भनाइ छ ।

कृषि विषयको अध्ययन, अनुशन्धान र यसबाट प्राप्त ज्ञानलाई किसान समक्ष पु¥याउने काम अर्थात कृषि प्रशार एकै निकायले गर्ने उद्देश्यले कृषि विश्व विद्यालय स्थापना भएको हो । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गर्दा अध्ययनलाई मात्रै समेटिएको थियो । हाल कृषि र पशु विज्ञान विषयको अध्ययन चितवनको रामपुरमा र वन विज्ञान अध्ययन हेटौंडामा हुँदै आएको छ । 

प्रतिक्रिया