Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

क्याम्पसमै प्राध्यापकको निधन

सोमबार, ११ साउन २०७२

काठमाडौं ११ साउन / गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारको कार्यकक्षमा बसेर प्रश्न पत्र तयार पार्दै गरेकी सहायक प्राध्यापक ४२ वर्षिया सानुमाया थापाको आईतबार निधन भएको छ ।

क्याम्पस कार्यालयमा एक्लै बसेर प्रश्नपत्र तयार पार्दै गरेकी उनलाई अन्य प्रध्यापकले कुर्चीबाट भुईंमा लडेर बेहोश भएको अवस्थामा फेला पारेका थिए । उपचारका लागि गोरखा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्राध्यापक एकदेव अधिकारीले जानकारी दिए । २०५२ सालमा क्याम्पस कर्मचारीको रुपमा सेवा सुरु गरेकी उनी दुई वर्षदेखि सहायक प्राध्यापकका रुपमा कार्यरत थिईन् ।

थापा क्षेत्री समाज नेपालकी केन्द्रिय सदस्यसमेत थिइन् ।

कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया