Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

प्राविधिक एसएलसी उत्तिर्णले भर्ना पाएनन्

मंगलबार, १२ साउन २०७२

काठमाडौं १२ साउन / शिक्षा मन्त्रालय र उच्च माध्यामिक शिक्षा परिषद् विच समन्वय नहुँदा यसपटकको प्राविधिक विषयको अध्ययन गरेर एसएलसी उत्तीर्ण विद्यार्थी कक्षा ११ मा भर्ना हुनबाट बञ्चित भएका छन् । 

सामान्य धारको पढाईबाट एएलसी उत्तीर्ण गरेका विद्यार्थीले कपषा ११ मा भर्ना गरेर पढाई समेत शुरु गरे पनि आफूहरुको भने भर्ना नै अनिश्चित बनेपछि विद्यार्थी तनावमा छन् । यस्ता विद्यार्थी प्लस टुमा अध्ययनका लागि उच्च मावि धाईरहेका छन् । तर उच्च मावि सञ्चालकहरुले भने परिषद्ले प्राविधिक विद्यार्थीलाई सामान्य धारका उच्च माविमा भर्नाै गर्ने की नगर्ने भन्ने निर्णय गर्न बाँकी रहेको कारण देखाउँदै भर्ना गरेका छैनन् । 

प्राविधिक धारका ३ हजार २ सय ३१ यस्ता विद्यार्थीलाई परिषद् मार्फत नै प्राविधिक धारको पढाई सञ्चालन गर्ने भन्दै उच्च माविलाई विषय थपका लागि निवजवेदन आह््वान गरेको थियो । तर त्यस्ता उच्च माविको सम्बन्धन प्रकृया अझै टुङ्गिएको छैन । 

अन्नपूर्ण पोष्टमा खबर छ । 

प्रतिक्रिया