Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भक्तपुरमा ३० शिक्षकलाई घटुवा

मंगलबार, ०१ भदौ २०७२

काठमाडौं १ भदौ  / जिल्ला शिक्षा कार्यालय भक्तपुरले आफनो पद छाडेर माथिल्लो पदमा बढुवा भएका ३० जना शिक्षकलाई तल्लो पदमा फिर्ता गरेको छ ।   निमावि तहबाट माविमा अस्थायि बढुवा भएका चार जना, प्राविबाट मावि तहमा बढुवा हुने १० जना, प्रावि तहबाट निमा वि तहमा  गएका १६ जनालाई आफनै पदमा झारेको हो ।

तल्लो तहमा स्थायी भई माथिल्लो तहमा स्थायी बढुवा भएका थिए । उनीहरुले आफनो पदमा लियन शिक्षक राखेका थिए । माथिल्ला पदमा गएका शिक्षक फर्केपछि स्वतः बाहिरिने गरी नियुक्ति भएका हुन्छन ।

मन्त्रालयले लियन राखेर माथिल्लो पदमा कार्यरत शिक्षकलाई पुरानै पदमै फिर्ता गर्न साउन मसान्तको समयअवधि दिएको थियो ।

त्यस्तै कार्यालयले शिक्षा विभागको निर्देशन अनुसार एक स्रोत केन्द्रमा तीन बर्ष काम गरेका स्रोत व्यक्तिलाई पनि अन्तरजिल्ला सरुवा गरिएको शिक्षा अधिकारी रमाकान्त शर्माले बताए ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया