Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सडकमै पढेर बन्दको विरोध

विहीबार, ०३ भदौ २०७२

काठमाडौं ३ भदौ / विगत आठ दिनसम्म पनि बन्द नखोलिएको र आफूहरु पढ्नबाट वञ्चित हनुपरेको भन्दै दाङका विद्यार्थीले बुधबार सडकमै पढेर विरोध जनाएका छन्।
दाङ
घोराहीस्थित पद्मोदय पब्लिक नमुना उच्चमावि भरतपुर, सरस्वती मावि काठेकोल, माउन्ट भ्यू बोर्डिङ स्कूल र भ्यालिटप बोर्डिङ उच्च मावि रझेनाका विद्यार्थीले निर्वाध रुपमा पढ्न पाउनुपर्ने माग गर्दै सडकमै बसेर पढेका हुन्। विद्यार्थीहरु तत्काल बन्द फिर्ता लिन माग गरेर आधा घण्टा सडकमा बसेका थिए।

प्लेकार्ड र व्यानरसहित सडकमा आएका विद्यार्थीले बन्दलाई सदाका लागि बन्द गर्न आग्रह गरेका थिए। 'पढ्न, लेख्न पाउनुपर्ने विद्यार्थीको अधिकार हो', 'विद्यालय बन्द गर्न पाइँदैन', 'विद्यालय शान्ति क्षेत्र हो' जस्ता नारा पनि उनीहरुले लगाएका थिए। आठ दिनदेखिको लगातार बन्दले जिल्लाका एक लाख ८० हजार विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्।

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ राप्ती अञ्चल समन्वय समितिले बन्दले गरी खानेको अधिकार खोसेको भन्दै बन्दको विकल्प खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। रासस

नागरिकमा खबर छ ।

प्रतिक्रिया