Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

नेपाली शिक्षकलाई अष्ट्रेलियामा अवार्ड

विहीबार, ०३ भदौ २०७२

काठमाडौं ३ भदौ / अष्ट्रेलियाको क्विन्सल्याण्डमा रहेर अध्यापन सेवामा रहेका नेपाली प्राध्यापक रत्न पौड्याल ‘टिचर अफ द इयर, आउट्स्ट्याण्डिङ लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् ।

अष्ट्रेलियाको एजुकेसन काउन्सिलले उक्त विधाको सम्मान प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने शिक्षकहरुलाई दिने गरेको छ । उक्त सम्मानका लागि समुदाय र सहकर्मी प्राध्यापकहरुले नोमिनेसन गर्नुपर्ने प्रावधान रहेको छ । विगत ४ वर्षदेखि क्विन्स्ल्याण्ड युनिभर्सिटीमा एकाउन्टिङ विषय प्राध्यापन गर्दै आएका उनी सबैलाई उछिन्दै उक्त अवार्डका लागि छानिएका हुन् ।

उनलाई क्विन्सल्याण्ड एजुकेसन तथा ट्रेनिङ विभागका डाइरेक्टर जीम वाटरसनले उक्त सम्मान प्रदान गरेका हुन् । उनले अध्यापन गराउँदै आएको क्विन्सल्याण्ड युनिभर्सिटीले एक प्रेस विज्ञप्ति निकालेर उक्त कुराको जानकारी गराएको हो ।

नेपालको रसुवामा जन्मेर करिब ८ वर्षअघि अष्ट्रेलिया आएका पौड्याल नेपालमा समेत प्राध्यापन क्षेत्रमा नै सक्रिय थिए । ‘एउटा नेपाली भएर अष्ट्रेलियामा यो किसिमको सम्मान पाउनु मेरो लागि अत्यन्तै महत्वपूर्ण हो । उनले कान्तिपुरसँग भने, 'यो सम्मानले मलाई मात्र नभएर समग्र नेपालीहरुलाई नै सम्मान गरेको अनुभव मैले गरेको छु ।'

नोमिनेसन प्रक्रियामा गएर २० जना फाइनलिस्टबाट उत्कृष्टमा पर्न सफल भएका उनलाई विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइमा जोड दिएको, उनीहरुको आत्मबलको विकास गर्न प्रेरित गरेको र पढाई सकेपछि रोजगारका लागि उपयुक्त वातावरण तयार गर्न मद्दत पुर्‍याएको भन्दै सम्मान गरिएको हो ।

कान्तिपुरमा  नारायण खड्काले लेखेका छन् ।

प्रतिक्रिया