Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

यार्सा व्यापार गर्न शिक्षक तिब्बततिर

शुक्रबार, ०४ भदौ २०७२

काठमाडौं ४ भदौ / डोल्पाका दर्जनभन्दा बढी विद्यालयका झन्डै ९० जना शिक्षक यार्साको व्यापारका लागि तिब्बत गएपछि पठनपाठन अवरुद्ध भएको छ ।

हरेक वर्ष यार्सा सिजन सुरु भएसँगै जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई निगरानीमा राख्ने गरे पनि शिक्षक तिब्बत जाने क्रम रोकिएको छैन । उपल्लो डोल्पालगायत अन्य गाउँका विद्यालयबाट झन्डै ९० शिक्षक तिब्बत गएको जानकारी आएको जिल्ला शिक्षा अधिकारी समन्तमणि आचार्यले जानकारी दिए । स्थानीय प्रहरी चौकीबाट यस्तो जानकारी आएको उनको भनाइ छ ।

ती क्षेत्रमा अनुगमनका लागि विद्यालय निरीक्षक र स्रोत व्यक्तिसहितको टोली पठाइएको आचार्यले बताए । जेठदेखि असारसम्म यार्साको सिजन सुरु भएपछि शिक्षा कार्यालयले विद्यालयलाई निगरानीमा राख्ने गरेको छ । तर, स्थानीय अभिभावक नै बालबालिका लिएर यार्सा खोज्न पाटन जाने हुँदा विद्यालय ठप्प प्राय: हुने गरेका छन् ।

पठनपाठन नहुने भएपछि कतिपय शिक्षकसमेत यार्सा खोज्न जाने गर्छन् । यार्सा टिप्ने सिजन भने सकिइसकेको छ । तर, संकलन गरेको यार्सा स्थानीयसँग खरिद गरेर बिक्रीका लागि शिक्षक नै तिब्बततिर गएपछि विद्यालयमा पढाइ प्रभावित भएको गुनासो आएको शिक्षा कार्यालयले जनाएको छ । जिशिअ आचार्यले शिक्षकहरू पढाउन छाडेर व्यापार गर्न हिँडेको पाइए कारबाही गर्ने बताए ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया