Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्त

मंगलबार, ०८ भदौ २०७२

काठमाडौं ८ भदौ / प्रधानमन्त्री सुशील कोइरालाले पाँच विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । आइतबार राति नियुक्ति पाउनेमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक तीर्थ खनियाँ, नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक कुलप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्याक घनश्याम लाल दास र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भूषण श्रेष्ठ छन् । चारै उपकुलपति कांग्रेसको सिफारिशमा छानिएका हुन् ।

नियुक्तमध्ये श्रेष्ठ विश्वविद्यालयका उपकुलपतिमा नियुक्त पाउने पहिलो महिला हुनपुगेकी छिन् । गत साउन २३ गतेबाट त्रिभुवन, नेपाल सस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपतिको चार वर्षे कार्यावधि पूरा भएपछि रिक्त बनेका थिए । कोइरालाले सोमबार कुषि तथा वनविज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. ईश्वरीप्रसाद ढकाललाई नियुक्त गरेका हुन् ।

त्रिविमा तालाबन्दी

सरकारले कंग्रेस निकटका प्राध्यापकलाई उपकुलपतिमा नियुक्ति गरेको बिरोधमा एमाले निकट प्रगतिशिल प्राध्यापक संगठनले सोमबार त्रिविमा तालाबन्दी गरेको छ ।

संगठनले त्रिविको उपकुलपति कार्यालयको मुख्यगेट र कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कांग्रेसले सत्ता साझेदार एमालेसंग सहमति बिनै उपकुलपति नियुक्त गरेको भन्दै तालाबन्दी गरिएको संगठनले जानकारी दिएको छ । उपकुलपति खनियाले पदभार ग्रहण गर्नेबित्तिकै कायर्ालय पुगेका उनीहरुले खनियालाई बाहिर जान आग्रह गरेपछि ताला लगाएका थिए ।

कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया