Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भुकम्पले १६ विद्यालय स्थानान्तरण

बुधबार, ०९ भदौ २०७२

काठमाडौं ९ भदौ / विनासकारी भुकम्पले जमिन छियाछिया पारेपछि दोलखाका १६ विद्यालय स्थानान्तरण गरिएको छ । बैशाख १२, १३ र २९ गतेको भुकम्पले विद्यालय भवन क्षति हुनुका साथै साविकको जमिन समेत धाँजा फाटेको र पहिरो गएर विद्यालय नै सञ्चालन गर्न नसक्ने अवस्था भएको हो ।

साविकको स्थानमा विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था भएपछि नजिकैको सुरक्षित स्थानमा अस्थायी सिकाइ केन्द्र निर्माण गरी विद्यालय सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । “विद्यालयको आफ्नो स्वामित्वमा भएको जग्गा काम नलाग्ने अवस्था भयो” उनले कारोबारसँग भने “अहिले नजिकै निजी जग्गाबाट विद्यालय सञ्चालन भए पनि पछि जग्गा व्यवस्थापन गर्न स्थानीयलाई अप्ठ्यारो पर्न सक्छ ।” कतिपय विद्यालयको त आसपासमा विद्यालयका लागि उपयुक्त जग्गा समेत नभएको उनले बताए ।

विद्यालयहरु स्थानान्तरण भएको अधिकांश जिल्लाका उत्तरी क्षेत्रका बढी छन् । दोलखाका सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माका अनुसार स्थानान्तरण भएको विद्यालयहरुमा बुलुङखानी प्रावि बुलुङ, मालूको किरातेश्वर प्रावि र लट्टेश्वर प्रावि, गौरीशंकर उच्च मावि जगत लामाबगर, हुपुङचौतारा प्रावि खारे, जिरीको छहारे प्रावि र माथिल्लो सिक्री प्रावि रहेका छन् ।

त्यसैगरी सरस्वती प्रावि दुधपोखरी, गौरीशंकर प्रावि नाम्दु, चण्डिका प्रावि शैलुङ्गेश्वर, कालिञ्चोक निमावि खोपाचागू, कालिनाग उच्च मावि सिंगटी रहेका छन् । सुरीको हलेश्वर उच्च मावि र नवज्योती निमावि, सुनखानीको कालिनाग उच्च मावि रहेका छन् ।

कारोबारमा खबर छ ।

प्रतिक्रिया