Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

निरन्तर बन्दको दशौंदिन पछि स्थिती सामान्य बन्दै बिद्यालय खुले

बुधबार, ०९ भदौ २०७२

काठमाडौं ९ भदौ / संघियताको सिमाङ्कन लगायतको बिरोध गर्दै थारु र आदीबासी जनजातीहरुले गरेको उदयपुरमा बन्दको दशौदिन आज स्थिती केही सामान्य भएको छ । सर्बसाधारण व्यापारी शिक्षक बिद्यार्थीहरुको चहलपहल बढेसंगै बिगतको तुलनामा स्थिती केही सामान्य बनेको हो ।

निरन्तरको बन्दले सर्बसाधारणको दैनिकि कष्टकर बन्दै गएपछि बन्दकर्ताहरुले (आज) मंगलबारबाट बिद्यालय संचालन गर्न र दिनको १२ बजेपछि पसलहरु खुल्ला गर्ने गरी बन्दलाई केही खकुलो बनाएका छन् । यसअघी ग्रामिण क्षेत्रका केही सामुदायिक र संस्थागत बिद्यालयमात्र संचालन भएका थिए ।

बन्दका कारण देनिक उपभोग्य बस्तुहरुको आभाव संगै मुल्य समेत दोब्बर भएपछि त्रियुगा उद्योगबाणिज्य संघको संयोजनमा हिजो गर्ने भनिएको सदभाव ¥याली बन्दकताृहरुले ननिकालिदिन आग्रह गर्दै आन्दोलनको स्वरुप परिबर्तन गर्ने बताएका थिए ।

दशदिनदेखी बन्द बिद्यालय खुलेपनि बिद्यालय पोशाक नलगाउन भनेपछि शिक्षक अबिभाबक र व्यबस्थापन पक्ष चिन्तित देखिएका छन् । बन्दका कारण मोटरसाईकल एम्बुलेन्स र प्रहरीको सवारी भन्दा अन्य यातायात संचालनमा आउन सकेका छैनन् ।

बजारमा खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव अभाव हुदै गएको छ ।तरकारी र देनिक उपभोग्य बस्तुहरुको मुल्य दोब्बर भएको त्रियुगा उद्योग बाणिज्य संघले जनाएको छ ।भएका केही सामाग्री समेतमा तृतिम अभाव श्रृजना गरी बढी मुल्य लिने गरेको उपभोक्ताको गुनासो छ । बन्दसंगै मुलुकका बिभिन्न स्थानमा हिंसात्मक गतीबिधी बढदै गएपछि सुरक्षा सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनु भयो ।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया