Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

भ्रष्टाचारमा शिक्षा नै अगाडि

सोमबार, २० भदौ २०७३

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक महिनाभरी अनुसन्धान गरेका मुद्धाहरुमा सबै भन्दा धेरै शिक्षा क्षेत्रकै रहेको छ । गत साउन महिना भरी अख्तियारले १६ जना ब्यक्ति आवद्ध भएका घटनाको अनुसन्धान गरेकोमा सबै भन्दा धेरै ९ जना शिक्षा क्षेत्रकै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बाँकी ७ जनामा सार्वजनिक जग्गा सम्बन्धि, सर्भे, यातायात लगायत क्षेत्रका छन् ।

१६ मध्ये १३ वटा मुद्धा विशेष अदालतमा दायर गरेको अख्तियारले जनाएको छ । जसमा नक्कली शैक्षिक प्र्रमाणपत्रको मात्रै ६ वटा मुद्धा रहेका छन् ।

जुलाई १६ देखि अगष्ट १६ अर्थात् साउन भरीको तथ्याङ्क सार्वजनिक गर्दै अख्तियारले यसरी विशेष अदालतमा दर्ता गरेका मुद्धामा अबैध सम्पत्ति, घुस खाँदा खाँदै रंगेहात पक्राउ, लगायतका छन् ।
अदालतमा दायर मुद्धाबाट १३ करोड ८२ लाख ४७ हजार ६ सउ ६६ रुपैंया ४४ पैसा असुल उपर गर्ने अख्तियारको दावी छ ।

ती मुद्धा लाग्ने व्यक्ति उपर झण्डै २३ बर्ष बरावर कैद दावी सहित अख्तियारले मुद्धा दायर गरेको छ । 

प्रकाशित मिति २०७३ भदौ २० गते

प्रतिक्रिया