Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

डा.केसीको समर्थनमा विद्यार्थी पठनपाठनमा समेत सहभागी नहुने

सोमबार, १४ भदौ २०७२

kcकाठमाडौं १४ भदौ / आमरण अनशनको सातौं दिनसम्म सरकारले माग सुनुवाइ नगरेको भन्दै त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन सयभन्दा बढी रेजिडेन्ट चिकित्सकले सोमबारदेखि अस्पताल सेवामा सहभागी नहुने घोषणा गरेका छन्। त्यसैगरी आइओएमका विभिन्न विधामा अध्ययन गर्ने विद्यार्थी सोमबारैदेखि कुनै पनि पठनपाठनमा समेत सहभागी नहुने निर्णय गरेका छन् ।

अस्पतालमा कार्यरत रेजिडेन्टहरुको संस्था नेशनल रेडिडेन्ट डक्टर्स एशोसियासनको भर्खरै सम्पन्न बैठकले सोमबारदेखि आकस्मिकबाहेकका सेवामा सरिक नुहुने निर्णय गरेको हो। उनीहरुले आइतबार साँझैदेखि अनशनस्थितमै अन्य विद्यार्थी, बरिष्ठ चिकित्सक एवं आम सर्वसाधारणको सहभागितामा रिलेअनशन सुरु गर्ने निर्णय गरेका एशोसियासनका अध्यक्ष डा.रामचन्द सापकोटाले अघिल्ला अनशनमा तेस्रो-चौथो दिनदेखि नै यस्तो आन्दोलनमा उत्रिने गरेका विद्यार्थी यसपटक सकेसम्म सेवा अवरोध नगर्न धैय गरेमा सरकारले नसुनेपछि कडा कार्यक्रमा उत्रिनुपरेको बताए। 'सरकारले बन्द नगरी शान्तिपूर्ण माग सुनेन,' उनले भने, 'हाम्रा श्रद्धेय गुरुको जायज मागमा समर्थन जनाउन अझै कडा कार्यक्रम चलाउन तयार छौ,'

गत सोमबारदेखि आमरण अनशनमा बसेको डा.केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ । यसपटक सकेसम्म सेवा बन्दमा नजाने योजना अनुसार नै सातौ दिनसम्म चुप बसेका विद्यार्थीहरुले सरकारले माग सुरुवाईका लागि कुनै तत्परता नदेखाएपछि बाध्य भएर सेवामा सहभागी नहुने निर्णय गर्नुपरेको जनाएका छन् ।

नागरिकमा दीपक दाहालले लेखेका छन् ।

प्रतिक्रिया