काठमाडौं / शिक्षा मन्त्रीमा दाबी गर्दै आएका माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका धनिराम (डिआर) पौडेलले अन्तत विनाविभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीमा तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नेक्रममा शिक्षा मन्त्रीको रुपमा पौडेललाई अघि सारे पनि सत्ता साझेदारहरुबीच सहमति हुन नसक्दा सांसद पौडेलले विना विभागीयको सपथ खाएका हुन् । सत्ता साभेदारहरुमध्ये शिक्षा मन्त्रालयमा नेपाली कांग्रेसको पनि दाबी रहँदै आएको कारण अहिले पौडेललाई मन्त्री दिइएको तर कुनै मन्त्रालयको जिम्मेवारी भने नतोकिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार कांग्रेसले शिक्षा पाए पौडेललाई स्वास्थ्य मन्त्रालय दिने माओवादीको तयारी छ ।
चितवन निवासी पौडेल माओवादीका समानुपातिक सांसद हुन् । मन्त्री बाँडफाँड गर्दा माओवादीले शिक्षा मन्त्रालय पाएपछि नारायणकाजी श्रेष्ठ निकट मानिएका पौडेलले शिक्षा मन्त्रालय पाउन निश्चित भएको थियो । तर कांग्रेस र माओवादी बिच शिक्षा र स्वास्थ्य मन्त्रालय साट्ने सहमति भएपछि पौडेललाई प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने स्रोतको भनाइ छ ।
पढ्नुहोस् :शिक्षामन्त्रीमा पौडेल पक्का
पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा
प्रकाशित मिति २०७३ साउन ३० ।
प्रतिक्रिया