Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

शिक्षालय कहिलेसम्म असुरक्षित ?

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं ७ साउन / घटना १ : भारी वर्षाका कारण ललितपुरको गोदावरी टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलसँगै टाँसेर चिटिएको पर्खाल भत्किएर पढ्दै गरेका विद्यार्थी अचानक पर्खाल भत्किँदा किचिए, घाइते भए। घटनालगत्तै घाइतेलाई उपचार गर्न अस्पताल लाने क्रममा छात्राद्वय कृपा राई र अञ्जना पुन मगरको मृत्यु भएको थियो भने २५ घाइते छन्। कुनै निकायको अनुमति नलिई जग्गा प्लटिङ गर्दै कच्ची पर्खाल बनाउने ठेकदार कर्मा लामालाई २५ दिनपछि प्रहरीले पक्राउ गरेको छ।

घटना २ : भोटेकोसीमा एक्कासि बाढी आउँदा सिन्धुपाल्चोक बाह्रबिसे(तातोपानी सडक खण्डका करिब ७० घर बगाएको छ। त्यसमा एउटा निजी र अन्य विद्यालयसमेत परेका छन्। कति विद्यार्थी पीडित भएका छन् लेखाजोखा हुन बाँकी छ।

घटना ३ : गत वर्ष वैशाख १२ को भूकम्पमा परेर ५ सय ८४ विद्यार्थी र ४९ शिक्षकले ज्यान गुमाए। १४ जिल्लामा ५ हजार ३ विद्यालय क्षति भयो। जसको ५ हजार ३ कक्षा कोठा विच्छेद बने। अन्य जिल्लासमेत गरी २५ हजार १ सय ३४ कक्षा कोठा ध्वस्त भए। आंशिक क्षति पनि त्यत्तिकै संख्यामा व्यहोर्नुपर्‍यो।

भारी वर्षा हुनु प्राकृतिक नियम हो। घटना–१ मा एउटा व्यक्तिको गल्ती देखाएर विद्यालय प्रशासनले आफ्नो कमजोरी उदांगो बनायो। पूर्वसतर्कता अपनाएको भए अनाहकमा विद्यार्थीको ज्यान जान्थेन भने लाखौंको भौतिक क्षति हुन्नथ्यो। वरपरको भौतिक संरचनाको ख्याल राख्ने काम विद्यालयको हो। यो विद्यालय प्रकाशनको गम्भीर लापरबाही हो।

त्यस्तै, घटना–२ प्राकृतिक विपत्ति हो। नदी किनारामा विद्यालय खोलिनाले बाढीले बगायो। तर, विद्यालय खोल्न अनुमति दिनुअघि जिल्ला प्रशासनले त्यो ठाउँको अवलोकन गर्न चुक्यो। अब त्यहाँका बालबालिका कहाँ पढ्ने भन्नेबारेमा विद्यालय सञ्चालकले स्थानीय निकाय, प्रशासन, शिक्षा कार्यालय र समुदायलाई गुहारेर बन्दोबस्त गर्नै पर्ने हुन्छ।

घटना–३ कसैले कल्पनै गर्न नसक्ने प्राकृतिक घटना थियो। भूकम्प यतिखेर आउँछ भनेर कसैले भविष्यवाणी गर्न सक्दैन। त्यसैले त्यसनिम्ति पूर्वतयारी भएर सुरक्षित रहने उपाय अपनाउनुबाहेक अर्को विकल्प रहन्न। शिक्षा मन्त्रालयले यस पक्षमा कदम बढाएको छ। 

हावाहुरी चल्नु, आगलागी हुनु, बाढी, पहिरो जानु प्राकृतिक घटनाहरू हुन्। हरेक वर्ष बर्खामास लागेपछि पानीझरी पर्छ भन्ने प्राकृतिक चक्र हो। हरेक वर्ष दोहोरिन्छ। फरक यति हो कि कुनै वर्ष अतिवृष्टि हुन्छ भने कुनै बेला अनावृष्टि हुन्छ। प्राकृतिक विपत्तिलाई कम आंकलन नगरी सतर्कता अपनाएर रहनु एक मात्र हो। समुदाय, परिवारका छोराछोरी पढाउने शिक्षालयको भौतिक संरचनाहरू बलियो निर्माण नहुँदा दुर्घटनाहरू हुने गरेका छन्। 

शिक्षालय भनेका साना बालबालिकादेखि ठूला मानिससम्मले ज्ञान आर्जन गर्ने थलो हो। विद्यालयलाई घरपछिको दोस्रो घर पनि भनिन्छ। विद्यालय गुरु, गुरुआमा, सानादेखि ठूला विभिन्न उमेर समूहका बालबालिका, किशोरकिशोरीहरूको सामूहिक ज्ञानकुञ्ज हो। बाबु(आमा, अभिभावक पछिका आदरणीय गुरु(गुरुआमाहरू हुन्। विद्यार्थीले दाजुभाइ, दिदीबहिनी सरह व्यवहार गर्नुपर्ने साथीहरू हुन्छन्। विद्यालय ज्ञान आर्जन गर्ने थलो हो, जहाँ अनेक किसिमका बौद्धिक, शारीरिक, मानसिक, संवेगात्मक खेलहरू खेल्न पाइन्छ। विद्यालयमा बाल मनोवैज्ञानिक सुरक्षाको प्रत्याभूति हुने गर्छ।

शिक्षकबाट लंैगिक, शारीरिक, मानसिकजस्ता हर प्रकारको सुरक्षाको पूर्ण भरोसा गरिन्छ। कुनै किसिमको यातना, विभेद वर्जित हुन्छ। मान्छेबाट उच्च मानवीय भावना तथा गुणको विकास गर्ने थलो नै विद्यालय हो। त्यसका निम्ति गरिने क्रियाकलाप, उच्च मनोबलसहितको सामाजिक क्रियाकलापमा सहभागिता जनाउने आत्मबल प्राप्त गर्ने ठाउँ शिक्षालय हो।

नेपाल हिमाल, पहाड र तराई मिलेर सानो मुलुक हो। भौगोलिक विशेषता, हावापानी, वातावरण आ(आफ्नै किसिमका छन्। कुनै विद्यालय पहाडको टुप्पो या नदी र खोलाको किनारामा छ। गाउँघरको माझमा छ या अनकन्टार जंगलको छेउमा छ। सहरको चेपमा छ। एकाध बस्ती रहेको हिमालको खोचमा छ। समुदायको आवश्यकताले खोलिएका विद्यालय हुन्। शिक्षाविद् विष्णु कार्कीको शब्दमा आजसम्म समुदायको पायक पर्ने सुरक्षित ठाउँभन्दा पनि चन्दादाताले दिएको ठाउँमा विद्यालय खोलिएकाले पनि असुरक्षित बनेका हुन्। ‘विद्यालय भनेका सबैलाई चाहिने अनिवार्य पढ्नै/पढाउनै पर्ने सामूहिक थलो हो, त्यसैले यो समुदायको पायक पर्ने गतिलो ठाउँमा बलियो गरी बनाउनुपर्छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यसचिव मात्र नभई सबै सदस्यलाई जिम्मेवार तुल्याउनुपर्ने उल्लेख गर्दै कार्की भन्छन्, ‘अबदेखि शिक्षकहरूले पनि पढाउने तालिम मात्रै होइन, आपत्कालीन अवस्थामा जीवन बचाउन सुरक्षाका विषयमा समेत ट्ेरनिङ लिन जरुरी छ।’

हरेक विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकले आफ्नो विद्यालयका भौगोलिक अवस्थिति, भौतिक संरचना, प्राकृतिक नियम चक्रका बारेमा जानकारी राख्नै पर्ने ललितपुरको कोपुण्डोलस्थित प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे बताउँछन्। सामुदायिक विद्यालयहरूको संगठन शैक्षिक समन्वय केन्द्रका अध्यक्षसमेत रहेका घिमिरे भन्छन्, ‘हामी विद्यालयका झ्याल, ढोका, छानो, बाहिरी मूलढोकाको अवस्थादेखि हरबखत आइपर्ने आपत्कालीन घटना न्यूनीकरण गर्ने उपायहरू अपनाउन लागिपरेका छौं।’ सतर्कताले गर्दा आकस्मिक रूपमा हुन सक्ने सम्भावित दुर्घटना अथवा विपत्लाई टार्न नसके पनि मानवीय र भौतिक क्षति कम व्यहोर्नु परोस्। जोखिम न्यूनीकरण गर्न पूर्वअभ्यास गर्न/गराउन सकौं। अथवा मानवीय तस्करी, व्यभिचारी आचरणले ठाउँ लिन नसकोस्। 

आकस्मिक विपत्मा आवश्यक पूर्वसतर्कताका निम्ति आवश्यक न्यूनतम सामग्रीहरू जगेडा गर्न सकौं। हुरीबतास चल्दा, भुइँचालो आउँदा, पानीमा डुब्दा, आगोबाट पर्दाको अवस्थामा जोगिन कक्षा कोठादेखि घरपरिवारमा छलफल हुन सकोस्। आपत्कालीन अवस्थामा सहयोग गर्ने निकायहरू हुन्छन्। स्वयंसेवा गर्ने संस्था नेपाल रेडक्रस सोसाइटी हो। बिरामी बोक्ने एम्बलेन्स सेवा, आगो नियन्त्रण गर्ने वारुणयन्त्रको सम्बन्धित निकायबारेमा जानकारी राखियोस्। आपतवपत् परेको बेला खबर गर्नुपर्ने निकाय नेपाल प्रहरी हो। सबैको सेवा गर्ने भएकाले यतिखेर ‘प्रहरी हाम्रो साथी’ अभियान सुरु भएको छ। सुरक्षा निकायलाई गुहार्न सकौं।

कान्तिपुरमा गणेश राईले लेखेका छन् ।

प्रतिक्रिया