काठमाडौं २७ असार/ त्रिभूवन विश्वविद्यालय (त्रिवि) ले फागुन १४ मा स्ववियू निर्वाचन गर्ने भएको छ ।त्रिविको सभा स्ववियू निर्वाचनको मिति तय गरेको हो । ०६५ यता स्ववियू निर्वाचन हुन सकेको छैन ।
स्ववियू सम्बन्धी आवश्यक प्रक्रिया एक महिना भित्र टुङ्ग्याउने निर्णय भएको त्रिविका उपकुलपति तिर्थ खनियाले बताए । निर्वाचन मिति तय भएपनि उमेर हदमा अझै विवाद कायमै छ ।
विद्यार्थी संघरसंगठनले स्ववियु चुनाव गराउनु पर्ने माग गर्दै आएका थिए । विद्यार्थी संगठनबीच अन्तरद्वन्द्वले २०६७ सालयता स्ववियु चुनावको मिति तोकिए पनि रोकिएको थियो ।
देशभरिमा त्रिविको ६० आंगिक क्याम्पस छन् । त्यसैगरी १ हजार ५३ सम्बन्धतप्राप्त क्याम्पस छन् । तीमध्ये अधिकांश आंगिक क्याम्पसमा स्ववियु चुनाव हुने गर्दछ । स्ववियु चुनावमा प्रमाणपत्र तह नर्सिङका विद्यार्थी पनि सहभागी हुन पाउँछन् ।
कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेको खबर
प्रतिक्रिया