Edukhabar
आइतबार, ०२ मंसिर २०८१
खबर/फिचर

भारतीय सहयोगमा बन्दै गरेको विद्यालय भवन अलपत्र

आइतबार, २६ असार २०७३

कपिलवस्तु - भारतीय दुतावासको सहयोगमा निर्माण गर्न लागिएको  महाराजगन्ज स्थित जानकी उच्च माध्यमिक विद्यालयको भवन ३ बर्ष देखि अलपत्र भएको छ । विद्यालय भवन समयमै निर्माण सम्पन्न नहुँदा पठनपाठनमा समस्या समेत भएको छ ।

२ करोड ५० लाख रुपैंयाको लगानीमा २०७० सालबाटै निर्माण शुरु गरिएको उक्त भवनको प्लाष्टर, विद्युत, खानेपानी, शौचालय लगायतका काम बाँकी छ । तर ठेकदारले मुल्य बृद्धिको नाममा विचमै काम छाडेपछि समयमै सम्पन्न हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । 

जिल्ला विकास समिति कपिलवस्तु मार्फत रुपन्देही स्थित प्राकृतिक निर्माण सेवाले उक्त भवन बनाउने ठेक्का लिएको थियो । २ बर्षभित्र ३ तले ३२ कोठा सहितको भवन बनाएर हस्तान्तरण ष्र्ने गरी ठेक्का लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घ नारायण पाण्डेले जानकारी  दिए । तर, अनेक ठेकेदार कम्पनीले अनेक बहाना बनाएर विचमै अलपत्र पारेको हो ।

भौतिक पुर्वाधारको अभावमा पठनपाठनमा समस्या भएपछि स्थानीयको प्रयासमा भारतीय दुतावासको सहयोग भित्र्याईएको हो । २००७ सालमा प्राथमिक विद्यालयका रुपमा स्थापना भएको जानकी उच्च माविमा हाल आएर १ हजार एक सय बढि विद्यार्थिले पठन पाठन गर्दै आएका छन् । कपिलवस्तुको दक्षिण पश्चिमका आधा दर्जन गाविसका स्थानीयलाइ पायक पर्ने यो ठाउंमा निर्माणाधिन भवनको अधुरो काम तत्काल सम्पन्न गर्न स्थानीयले जिविससंग माग गरेको प्रधानध्यापक कृष्ण प्रसाद चौधरी बताउँछन् ।

प्रकाशित मिति २०७३ असार २६ गते 

प्रतिक्रिया