काठमाडौं २५ असार / गुल्मीको एक बाल विकास केन्द्रमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । दर्लामचौरको वडा नम्वर ३ मा रहेको सिमपानी वालविकास केन्द्रमा शिक्षिक पनि एक जना मात्र हुनुहुन्छ ।
त्यस केन्द्रकी शिक्षिका विमला थापा भन्नुहुन्छ –‘पढाउने बालबालिका एक जना मात्रै हुँदा दिन कटाउन असाध्य पट्यार लाग्ने गर्दछ ।’
ठूलो दलित वस्ती रहेको टाकुरा गाउँ र सिमपानीमा बालबालिका भने धेरैको संख्यामा छन् तर पनि गत शैक्षिक सत्रमा १५ जना मात्र भर्ना भएका थिए । शिक्षिका थापा भन्नुहुन्छ –‘शुरूमा १५ जना भर्ना भए तर पछि बाबुआमा निमेक मजदुरीमा जाने बालबालिकालाई स्कुल पढाउन त्यति मन नगरेपछि घट्दै जाँदा अहिले एक जना मात्रै रहेका छन् ।’
२०६१ सालमा स्थापना भएको केन्द्रको संरचना पनि अत्यन्तै जीर्ण रहेको छ । दोहली स्रोत केन्द्रका स्रोत व्यतिm लालबहादुर कुवँरले केन्द्र व्याबस्थापन समिति र गाविस सचिवलाई व्यावस्थापन वा स्थान्तरण गर्न निर्देशन दिएको बताउनुभयो ।
उहाँले सरकारी अनुदान तीन हजार मासिक आउने तथा बाँकी सवै काम गाविसबाट हुने जानकारी दिनुभयो । गाविस सचिव जयपाल विककले केन्द्रप्रति बिद्यार्थीको आकर्षण बढाउन बिद्यालयको शैक्षिक पुर्वाधारहरू नभएकाले यस्तो अवस्था भएको बताउनुभयो ।
उहाँले अघिल्लो बर्षहरूमा गाविसको तर्फबाट केन्द्र व्यावस्थापनमा ध्यान नदिएको भन्दै अहिले आफूले जिल्ला तथा गाविसबाट ठोस पहल गर्ने जानकारी दिनुभयो ।
गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया