Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

अस्पतालभित्र अनशन नबस्न डा. केसीलाई आग्रह

शुक्रबार, २४ असार २०७३

काठमाडौं २४ असार / त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्वडिन र प्राध्यापकहरूले प्रा.डा. गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन् । केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

आइओएमका पूर्वडिन प्रा.डा. अरुण सायमी, प्रा.डा. रामप्रसाद उप्रेती, प्रा.डा. ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा. शशी शर्मा र प्रा.डा. कृष्णकुमार वलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गरेका छन् । आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरुले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् ।

डा.केसीले पटक–पटक आइओएम हातामा अनशन बसी अस्पताल र क्याम्पसलाई बन्धक बनाएको उनीहरुको आरोप छ । ‘संस्थाको हितको आडका शब्दमा फेरि पनि संस्थालाई बन्धक बनाउने प्रपन्च भइरहेको सुनिन आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘अनशनबाट केसी र अरूले कति लाभ लिनुभयो, त्यो जानकारी छैन, तर पटक–पटकको अनशनले शिक्षण अस्पताल र मेडिकल कलेज जीर्ण पार्ने काम भएको सत्य हो ।’

अनशन बस्न नदिन ज्ञापनपत्र

पूर्वडिनहरूको समूहले डा.केसीलाई आइओएम हातामा अनशन बस्न नदिन सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएको छ । अस्पताल हाता अत्यावश्यकीय क्षेत्र भएको र सर्वोच्च अदालतले पनि अस्पताल क्षेत्रमा बन्द–हडताल, अनशनजस्ता गतिविधि गर्न नपाउने भन्दै परमादेश दिइसकेको अवस्थामा डा.केसीलाई आइओएम हातामा अनसन बस्न नदिन ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले त्रिवि उपकुलपति, आइओएम डिन, शिक्षण अस्पताल कार्यकारी निर्देशक, जिल्ला प्रशासन काठमाडौंमा पत्र बुझाएका हुन् । डा.केसीलाई आइओएम हाताभित्र अनशन बस्न दिएमा सर्वोच्चको परमादेशविपरीत सरोकारवाला निकायका प्रमुख पनि दोषी हुने ज्ञापनपत्रमा उल्लेख छ ।

केयूको परीक्षा निष्पक्ष : काउन्सिल

काठमाडौं विश्वविद्यालय (केयू)ले लिएको एमडिएमएस र एमडिएसको प्रवेश परीक्षा निष्पक्ष भएको मेडिकल काउन्सिलले जनाएको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले केयूको परीक्षा सञ्चालन हुादा आफूहरू त्यही रहेको र परीक्षा मर्यादित ढंगले भएको बताए । ‘केयूको परीक्षा हुादा काउन्सिलले निरीक्षण गरेको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘परीक्षा मर्यादित र निष्पक्ष तवरले भएको थियो ।’

१३ जेठमै बनेको थियो विशेषज्ञ टोली

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गतको एमडी/एमएस/एमडिएस कार्यक्रमको प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्न विश्वविद्यालयले १३ जेठ ०७३ मै आठ सदस्यीय विशेषज्ञ टोली बनाएको थियो ।

रजिस्ट्रार डा. भोला थापा, डिन डा. नरेन्द्रबहादुर राना, एसोसिएट डिन डा. भागवतप्रसाद नेपालको उपस्थितिमा भएको बैठकले डा. शशी शर्मा, डा. सुबोध अधिकारी, डा. नीलमणि उपाध्याय, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सरोज श्रेष्ठ, डा. सुप्रभावत श्रेष्ठ, डा. हीरा तुलाधर र डा. प्रकाश डंगोल रहेको विशेषज्ञ टोली गठन गरेको थियो ।

नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया