काठमाडौं २२ असार / कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन (सिजेएमसी) ले सञ्चार विश्वविद्यालय स्थापनाका निम्ति पहल गरेको छ ।
कलेजकी सञ्चालक प्रिन्सिपल डा. मञ्जु मिश्रले पत्रकारिता शिक्षामा आमूल तथा समसामयिक परिवर्तन गर्न पत्रकारिताको एउटा छुट्टै विश्वविद्यालयको स्थापना नभइ सम्भव नहुने बताउनुभयो । छुट्टै विश्वविद्यालयको स्थापनाले पत्रकारिता शिक्षाका विभिन्न विधा सञ्चालन गर्न सहज हुने विश्वास उहाँको छ । उहाँले त्यसैको तयारीस्वरूप अहिले विश्वविद्यालयको तयारी गरिएको बताउनुभयो ।
२०५७ माघ २४ गते स्थापित सो कलेजलाई विश्वविद्यालयमा रूपान्तरण गर्न २०६२ पुस १५ गते शिक्षा मन्त्रालयमा निवेदन दर्ता गराएको प्रिन्सिपल डा. मिश्रले जानकारी दिनुभयो । डा. मिश्रले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा जनशक्ति, जग्गा, भवन, अध्ययन अध्यापनका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापनसमेत अन्तिम चरणमा पुगिसकेको जानकारी दिनुभयो ।
गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया